साञ्जेनको घाटा ६१ प्रतिशले बढ्यो किन ?

साञ्जेन जलविद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिसम्ममा १२ करोड ५९ लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ । यो घाटा अघिल्लो आवको सोही अवधिको तुलनामा ६१०.१८ प्रतिशतले बढी हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्ममा कम्पनी कम्पनीले १ करोड ७७ लाख रुपैयाँबराबरको खुद घाटा व्यहोरेको थियो ।

बिज्ञापन

कम्पनीले समीक्षा अवधिसम्म विद्युत बिक्रीमार्फत १२ करोड ३१ लाख रुपैयाँ आम्दानी गरेको छ । ४२.५ मेगावाटको साञ्जेन जलविद्युत आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको र आगामी असार मसान्तसम्ममा विद्युत उत्पादन सुरु गरिने लक्ष्य लिएको कम्पनीले जनाएको छ ।

बिज्ञापन

कम्पनीले समीक्षा अवधिसम्म १२ लाख ८९ हजार रुपैयाँ वित्त आम्दानी र ३६ लाख २४ हजार रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ । यो अवधिसम्म कम्पनीको सञ्चालन तथा प्रशासनिक खर्च ४ करोड ६३ लाखले ऋणात्मक र कर्मचारी खर्च पनि १ करोड ३१ लाख रुपैयाँले ऋणात्मक अवस्थामा रहेको छ ।

कम्पनीको चुक्तापूँजी ३ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । कम्पनीको रिजर्भको आकार २० करोड ४२ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । कुल चालु सम्पत्ति ३५ करोड ३५ लाख र कुल चालु दायित्व ४२ करोड ६८ लाख रुपेयाँ रहेको छ ।

बिज्ञापन

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ४.६० रुपैयाँ ऋणात्मक, प्रतिसेयर नेटवर्थ ९४.४० रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३५२.२१ रुपैयाँ कायम भएको छ ।


 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मन्त्रीका स्वकीयका अगाडि सचिव र सहसचिव निरिह

२० भदौंभित्र सहसचिव र उपसचिव पदको माग आकृति फाराम पठाउन सामान्यको परिपत्र

मन्त्री न्यौपाने भन्छिन्ः अब एक वर्ष नपुग्दै कसैको सरुवा हुँदैन

‘अब एक वर्ष दिन नपुगी कुनै कर्मचारीको सरुवा हुँदैन’ : मन्त्री न्यौपाने

भ्रष्टाचार मुद्धामा मुख्य सचिवलाई उन्मुक्ति दिएको भन्दै सर्वाेच्च पुग्यो अख्तियार

“नाडा अटो शोमा फ्लाइङ कारको नाममा ड्रोन देखाएर ठगी, पूर्वसचिव उपाध्यायको टिप्पणी

दुई मन्त्री हेरफेर गर्ने तयारी,नयाँ नाम प्रधानमन्त्रीको गोजीमा

निजामती पुरस्कारमा ‘स्वार्थको द्धन्द’ : इमान्दार वञ्चित, नजिकका पुरस्कृत

बिशेष