साञ्जेनको घाटा ६१ प्रतिशले बढ्यो किन ?

साञ्जेन जलविद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिसम्ममा १२ करोड ५९ लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ । यो घाटा अघिल्लो आवको सोही अवधिको तुलनामा ६१०.१८ प्रतिशतले बढी हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्ममा कम्पनी कम्पनीले १ करोड ७७ लाख रुपैयाँबराबरको खुद घाटा व्यहोरेको थियो ।

बिज्ञापन

कम्पनीले समीक्षा अवधिसम्म विद्युत बिक्रीमार्फत १२ करोड ३१ लाख रुपैयाँ आम्दानी गरेको छ । ४२.५ मेगावाटको साञ्जेन जलविद्युत आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको र आगामी असार मसान्तसम्ममा विद्युत उत्पादन सुरु गरिने लक्ष्य लिएको कम्पनीले जनाएको छ ।

बिज्ञापन

कम्पनीले समीक्षा अवधिसम्म १२ लाख ८९ हजार रुपैयाँ वित्त आम्दानी र ३६ लाख २४ हजार रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ । यो अवधिसम्म कम्पनीको सञ्चालन तथा प्रशासनिक खर्च ४ करोड ६३ लाखले ऋणात्मक र कर्मचारी खर्च पनि १ करोड ३१ लाख रुपैयाँले ऋणात्मक अवस्थामा रहेको छ ।

कम्पनीको चुक्तापूँजी ३ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । कम्पनीको रिजर्भको आकार २० करोड ४२ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । कुल चालु सम्पत्ति ३५ करोड ३५ लाख र कुल चालु दायित्व ४२ करोड ६८ लाख रुपेयाँ रहेको छ ।

बिज्ञापन

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ४.६० रुपैयाँ ऋणात्मक, प्रतिसेयर नेटवर्थ ९४.४० रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३५२.२१ रुपैयाँ कायम भएको छ ।


 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सात सचिव रिक्त,चार महिनादेखि बढुवा ठप्प हुँदा मारमा बरिष्ठ सहसचिवहरु

प्रधानमन्त्री कार्यालयमा सचिवको पल्टन,चार निकाय सचिवविहीन

आयल निगममा तेल चोर्नेदेखि ओभरटाइमको नाममा मासिक ५० लाख खानेसम्म

मनसुनको जोखिम बढ्दै, देशभर ५४ स्थानमा सशस्त्र प्रहरीको प्रतिकार्य बेस स्थापना

टेरामक्स भ्रष्टाचार मुद्दा : पूर्वमन्त्री मोहन बस्नेतसहित १९ प्रतिवादीको मुद्दामा आज फेरि सुनुवाइ

‘मनसुनजन्य विपद् प्रतिकार्यका लागि सुरक्षा निकाय र सरकारी संयन्त्र उच्च शतर्कतामा’

अर्थका दुई महत्वपूर्ण विभाग निमित्तको भरमा,६ सहसचिवको दरबन्दी रिक्त

डिभी र पिआरधारी चार अधिकृतलाई १५ दिने स्पष्टीकरण

बिशेष