८ करोड छुट्याएकोमा ७१ लाखमात्र खर्च

वैशाख १६-१७ गते सम्पन्न तेस्रो लगानी सम्मेलनमा ७१ लाख खर्च भएको छ । सम्मेलनका लागि सरकारले ८ करोड बजेट छुट्याएकोमा ७१ लाख खर्च भएको लगानी बोर्डले जनाएको छ ।

बिज्ञापन

सम्मेलनका लागि सरकारले ८ करोड बजेट छुट्याएकोमा ७१ लाख खर्च भएको लगानी बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायले जानकारी दिए ।

बिज्ञापन

उनले भने, ‘तेस्रो लगानी सम्मेलनमा ३ वटा शीर्षकमा ७१ लाख खर्च भएको छ । जसमा बैठक व्यवस्थापनमा ८ लाख, लगानी सम्मेलका लागि विभिन्न देशमा भएको प्रि-इभेन्टमा १८ लाख र कर्मचारी परिचालन तथा प्रोत्सानमा ४५ लाख छ ।’

समय अभावले खर्च कम भएको बताइएको छ । छोटो समय भएकाले सार्वजनिक खरिद नभएको साथै सम्मेलनमा प्रयोग भएको कोक-फेन्टालगायतका पेय पदार्थ निजी कम्पनीलाई व्यवस्थापन गर्न लगाइएको  उपाध्यायले जानकारी दिए ।लगानी सम्मेलनको तयारी पूरा नभएको भनेर प्रश्न उठिरहेको बेला बोर्डले समय अपुग भएर सार्वजनिक खरिद अनुसार समान किन्न नसकिएको बताएको छ ।

बिज्ञापन

पहिलो लगानी सम्मेलनमा १ करोडभन्दा धेरै खर्च भएको थियो । दोस्रोमा ४ करोड खर्च भएको उपाध्यायले बताए । तेस्रोमा खर्च कम हुनुमा सार्वजनिक खरिद अनुसार सामान खरिद नगर्नु, निजी क्षेत्रले सहयोग गर्नु र दातृ निकायले सहयोग गर्नु हो ।

तेस्रो लगानी सम्मेलनमा लगानी गर्न ९ खर्ब बराबरका १५१ परियोजना सोकेसमा राखिएको थियो, जसमा ९ अर्ब १३ करोड रूपैयाँ बराबरको लगानीमात्रै स्वीकृत भएको छ ।

उनले थप केही खर्च अर्थ मन्त्रालयको आग्रहमा विदेशी दातृनिकाय (बेलायत)को सहयोगबाट समेत भएको तर त्यसको विवरण प्राप्त नभएको जानकारी दिए ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अवकाशपछि मुद्दा चलेर भ्रष्टाचारमा दोषी ठहर भए पनि पेन्सन दिने प्रस्ताव

स्थानीय तहका कर्मचारीद्वारा पनि आन्दोलन घोषणा

राप्रपाको प्रदर्शनबारे गृह मन्त्रालयको चेतावनी

अन्तर प्रदेश सरुवाको विपक्षमा मुख्यसचिव,कर्मचारीबाट चर्काे आलोचना

उच्च प्रशासकलाई आफ्नै सुर्ता,कस्ले बुझ्छ तल्ला तहका कर्मचारीको मर्का ?

गभर्नर नियुक्तिमा नयाँ मोड :-देउवा बोक्ने,निलमले रोक्ने

ओलम्पिक कमिटीको नयाँ कार्यसमितिले पायो आइओसीबाट मान्यता

सहसचिवको अन्तिम नतिजा सार्वजनिक

बिशेष