८ करोड छुट्याएकोमा ७१ लाखमात्र खर्च

वैशाख १६-१७ गते सम्पन्न तेस्रो लगानी सम्मेलनमा ७१ लाख खर्च भएको छ । सम्मेलनका लागि सरकारले ८ करोड बजेट छुट्याएकोमा ७१ लाख खर्च भएको लगानी बोर्डले जनाएको छ ।

बिज्ञापन

सम्मेलनका लागि सरकारले ८ करोड बजेट छुट्याएकोमा ७१ लाख खर्च भएको लगानी बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायले जानकारी दिए ।

बिज्ञापन

उनले भने, ‘तेस्रो लगानी सम्मेलनमा ३ वटा शीर्षकमा ७१ लाख खर्च भएको छ । जसमा बैठक व्यवस्थापनमा ८ लाख, लगानी सम्मेलका लागि विभिन्न देशमा भएको प्रि-इभेन्टमा १८ लाख र कर्मचारी परिचालन तथा प्रोत्सानमा ४५ लाख छ ।’

समय अभावले खर्च कम भएको बताइएको छ । छोटो समय भएकाले सार्वजनिक खरिद नभएको साथै सम्मेलनमा प्रयोग भएको कोक-फेन्टालगायतका पेय पदार्थ निजी कम्पनीलाई व्यवस्थापन गर्न लगाइएको  उपाध्यायले जानकारी दिए ।लगानी सम्मेलनको तयारी पूरा नभएको भनेर प्रश्न उठिरहेको बेला बोर्डले समय अपुग भएर सार्वजनिक खरिद अनुसार समान किन्न नसकिएको बताएको छ ।

बिज्ञापन

पहिलो लगानी सम्मेलनमा १ करोडभन्दा धेरै खर्च भएको थियो । दोस्रोमा ४ करोड खर्च भएको उपाध्यायले बताए । तेस्रोमा खर्च कम हुनुमा सार्वजनिक खरिद अनुसार सामान खरिद नगर्नु, निजी क्षेत्रले सहयोग गर्नु र दातृ निकायले सहयोग गर्नु हो ।

तेस्रो लगानी सम्मेलनमा लगानी गर्न ९ खर्ब बराबरका १५१ परियोजना सोकेसमा राखिएको थियो, जसमा ९ अर्ब १३ करोड रूपैयाँ बराबरको लगानीमात्रै स्वीकृत भएको छ ।

उनले थप केही खर्च अर्थ मन्त्रालयको आग्रहमा विदेशी दातृनिकाय (बेलायत)को सहयोगबाट समेत भएको तर त्यसको विवरण प्राप्त नभएको जानकारी दिए ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र निर्माण व्यवसायीविरुद्ध भ्रष्टाचार मुद्धा

बढुवा अवरुद्ध हुँदा मारमा बरिष्ठहरु

सहजीकरण टोली असफल, बजेट ल्याउन नसक्ने २५ स्थानीय तहसँग स्पष्टीकरण

प्रधानमन्त्री कार्यालयमा सचिवको पल्टन,चार निकाय सचिवविहीन

आयल निगममा तेल चोर्नेदेखि ओभरटाइमको नाममा मासिक ५० लाख खानेसम्म

मनसुनको जोखिम बढ्दै, देशभर ५४ स्थानमा सशस्त्र प्रहरीको प्रतिकार्य बेस स्थापना

टेरामक्स भ्रष्टाचार मुद्दा : पूर्वमन्त्री मोहन बस्नेतसहित १९ प्रतिवादीको मुद्दामा आज फेरि सुनुवाइ

‘मनसुनजन्य विपद् प्रतिकार्यका लागि सुरक्षा निकाय र सरकारी संयन्त्र उच्च शतर्कतामा’

बिशेष