बिज्ञापन
महालेखा नियन्त्रकको कार्यालयले थप ८८ कर्मचारीहरुको सरुवाको सूची सार्वजनिक गरेको छ । यस अघि ८१ जना लेखा अधिकृतहरुको सरुवा गर्दा १२ लेखा अधिकृतहरुलाई विभिन्न जिल्लाको कोष तथा लेखा नियन्त्रकको कार्यालयमा निमित्तको जिम्मेवारीसहित खटन पटन गरेको थियो ।
महालेखाले कार्तिक २० को निर्णय अनुसार गरेको सरुवा,फाजिल तथा कामकाज गरी थप ८८ लेखा अधिकृतको सरुवा गरेको हो । जसमा १८ जना फाजिल र ४ कामकाज सरुवा गरिएको महालेखाले जनाएको छ ।
सरुवा सूची अनुसार,प्रिंयका कुमारी झालाई पशु सेवा विभाग,चम्फा बिसीलाई मानसिक अस्पताल,शम्भु कुमार श्रेष्ठलाई शिक्षा मन्त्रालय,शुभाष चन्द्र अर्याललाई पर्यटन विभाग,राधा एमसीलाई खाद्य तथा पोषण सुरक्षा आयोजना,सदिप विकलाई वैदेशिक रोजगार विभाग,भावेश कुमार ठाकुरलाई कमला ढल्केवर पथलैया सडकमा खटाइएको छ । यस्तै लक्ष्मी साहलाई नविनतम यान्त्रिक सिँचाई आयोजना,सुरज केशरीलाई उच्च अदालत,जनकपुर,परमेश तेलीलाई कोलनिका नवलपरासीमा खटाइएको छ ।





























