भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले फाजिलमा रहेका कर्मचारीको व्यवस्थापन गर्न निर्देशन दिएको छ।
बिज्ञापन
मन्त्रालयको संघीय तथा प्रादेशिक कर्मचारी प्रशासन शाखाका अधिकृत खड्क विकले सबै मन्त्रालय, आयोग, सचिवालय, समिति, कार्यालय तथा निकायलाई पत्राचार गर्दै फाजिल कर्मचारीको व्यवस्थापन सुनिश्चित गरेर मात्रै लोक सेवा आयोगमा पदपूर्तिको माग पठाउन निर्देशन दिएका छन् । मन्त्रालयले कात्तिक १९ गतेको सचिवस्तरीय निर्णयअनुसार उक्त निर्देशन जारी गरेको जनाइएको छ ।
बिज्ञापन
भनिएको् छ नेपाल सरकारका विभिन्न निकायहरुको संगठन तथा व्यवस्थापन सर्भेक्षणबाट विभिन्न सेवा,समूह र पदमा स्थायी दरबन्दी कटौती भएसँगै नेपाल प्रशासन सेवा,सामान्य प्रशासन समूह नासु तहका कर्मचारीहरु ठूलो संख्याका फाजिलमा परेका कारण ती कर्मचारीको व्यवस्थापनलाई प्राथमिकता दिँदै यस्तो निर्णय गरिएको हो ।
निजामती सेवा नियमावली, २०५० को नियम १३ को उपनियम (३) बमोजिम फाजिलमा रहेका कर्मचारीको अनिवार्य पदस्थापन गर्नुपर्ने भएकाले मन्त्रालयले रिक्त पदपूर्तिको प्रक्रियामा नयाँ व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको हो।
बिज्ञापन
मन्त्रालयले सम्बन्धित निकाय तथा मातहतका कार्यालयमा रिक्त रहेका नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका नायब सुब्बा पदमा नयाँ पदपूर्तिका लागि लोक सेवा आयोगमा माग आकृति फाराम पठाउनुअघि सम्बन्धित केन्द्रीय निकायमार्फत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कर्मचारी व्यवस्थापनका लागि पत्राचार गर्नुपर्ने स्पष्ट पारेको छ। त्यसरी पत्राचार गरेपछि मन्त्रालयले फाजिलमा रहेका कर्मचारीबाट रिक्त पदपूर्ति गर्न सकिने वा नसकिने अवस्था यकिन गर्नेछ। फाजिल कर्मचारीबाट पदपूर्ति हुन नसक्ने पुष्टि भएपछि मात्रै नयाँ पदपूर्तिका लागि लोक सेवा आयोगमा माग पठाउने व्यवस्था मिलाउन भनिएको छ।





























