८१ जना लेखा अधिकृतहरुको सरुवा (सूचीसहित)

महालेखा नियन्त्रकको कार्यालयले ८१ जना लेखा अधिकृतहरुको सरुवा गरेको छ । कार्यालयको नेपाल प्रशासन सेवा,लेखा समूह राजपत्राकिंत तृतीय श्रेणीका पदमा विभिन्न मन्त्रालय, कार्यालय,विभागमा कार्यरत रहेका कर्मचारीहरुको कार्तिक १९ को निर्णय अनुसार कायम मुकायम जिम्मेवारी तोकिएको,सरुवा,फाजिल व्यवस्थापन गरिएको कार्यालयले जनाएको छ ।
सरुवाको सूची अनुसार, राजेन्द्र ओझालाई खानेपानी तथा ढल व्यवस्थापन कार्यालय,विराटनगरबाट कोलनिका तेह्रथुम,राजेन्द्र आचार्यलाई कोलनिका कपिलबस्तुबाट कोलनिका रुकुम पश्चिममा कामु प्रमुख,पृथ्वीराज भुसाललाई कोलनिका ओखलढुंगाको कामु,राजेन्द्र भट्टराईलाई धनकुटा कोलनिका कामु,विष्णु शर्मालाई मुस्ताङ कोलनिका कामु बनाएर पठाइएको छ ।
महालेखाले १२ जना लेखा अधिकृतहरुलाई विभिन्न जिल्लास्थित कार्यालयमा कामु कोष नियन्त्रकको जिम्मेवारी दिएको छ । यसरी कामुको जिम्मेवारी पाउने अन्य लेखा अधिकृतमा ललितपुरबाट प्रकाश आचार्यलाई सल्यान,जयकुमार कटुवाललाई सर्लाही,बालकृष्ण पोखरेललाई संखुवासभा,श्यामराज जोशीलाई डोटी,प्रकाश गौतमलाई सोलुखुम्बु,दिपक पौडेल कञ्चनपुर,परमा पौडेल आचार्यलाई रामेछाप पठाइएको छ ।
यस्तै,पुष्पलाल मध्यपहाडीबाट प्रकाश पौडेललाई बर्दिया राष्ट्रिय निकुञ्जमा खटाइँदा सोही निकुञ्जमा कार्यरत रहेका कपिलमणि ढुंगनालाई कामकाजमा पुष्पलाल मध्यपहाडी लगिएको छ । रविन्स चौधरी कोलनिका डडेल्धुरा पुगेका छन् ।

बिज्ञापन

लेखा अधिकृतको सरुवा सूची हेर्न यहाँ क्लिक गर्नुहोस

बिज्ञापन
बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!

ताजा समाचार

थप ८१ लेखा अधिकृतको सरुवा : १२ फाजिल व्यवस्थापन,४ कामकाज

फाजिलमा परेका नासुहरुको व्यवस्थापन गर्ने सामान्य प्रशासनको परिपत्र

८१ जना लेखा अधिकृतहरुको सरुवा (सूचीसहित)

प्रशासन र प्राविधिक सेवाका गरी २५५ कर्मचारीको सरुवा

सीइओ नियुक्तिका लागि अध्यादेशमार्फत ऐन संशोधन : सर्ट लिष्टमा परे पूर्वमन्त्रीदेखि निमित्त हाकिम

‘हाम्रै हातमा प्रहरी र सीडीओ छन भन्ने दम्भ त्याग्नुपर्दछ’

तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच विरुद्ध भ्रष्टाचार मुद्धा दायर

नापीको नयाँ सरुवा मापदण्ड जारी : अब चक्रीय प्रणाली,कार्यबोझ र योग्यताको आधारमा व्यवस्थापन

बिशेष