नेपाल प्रहरीको एउटै व्याचका चार जना आइजीपी बनेका छन् । नेपाल प्रहरीको १११ औं टोलीबाट हालसम्म चार जना आईजीपी बनिसकेका छन् । ०५४ मा नेपाल प्रहरीले ३० प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा भर्ना खुलाएको थियो । सो परीक्षामा मागभन्दा कम अर्थात् २९ जना मात्र उत्तीर्ण भएका थिए । सहव्याची हुन दानबहादुर कार्की,डा मनोज केसी,नारायणदत्त पौडेल । जसमध्येबाट दुई जनाले नेपाल प्रहरीतर्फको महानिरीक्षक र दुई सशस्त्र प्रहरी बल संगठन प्रमुख बनेका हुन ।
बिज्ञापन
आईजीपी राजु अर्याल आफ्नो चार वर्षे कार्यकाल पूरा गरी गत वैशाख १८ गते अवकाश पाएका थिए । त्यहाँ अहिले नारायणदत्त पौडेल महानिरीक्षक छन् । २३ महिनाका लागि आईजीपी बनेका पौडेल २०८४ साल चैत १७ गते अवकाशमा जाने छन् । यता नेपाल प्रहरीतर्फ १७ महिना कार्यकाल बाँकी छँदै दानबहादुर कार्कीलाई हटाएर डा मनोज केसीलाई नियुक्ति दिइएको छ । पूरै समय काम गर्न पाए उनी ०८४ चैत्रसम्म नेतृत्वमा रहनेछन् ।
बिज्ञापन
सोही व्याचीका पाँचमध्ये एक जनाले बीचैमा ‘जागिर’ छाडे । बाँकी चार जनामध्ये शम्भु सुवेदी डीआईजीबाट अवकाशमा गइसकेका छन् । त्यही व्याचका एआईजी वंशीराज दाहाल झन्डै एक महिनाअघि बर्खास्तीमा परेका छन्,इनम र चोलेन्द्र कनेक्सनका कारण । सोही व्याचका राजन अधिकारी एआइजीमा छन् भने दिनेश आचार्य, राजेन्द्रप्रसाद भट्ट, गोविन्द थपलिया, सुदर्शन कोइराला, अरुण पौडेल, दीपक रेग्मीलगायत डिआइजी पदमा कार्यरत छन् ।





























