एउटै ब्याचका चार जना आईजीपी

नेपाल प्रहरीको एउटै व्याचका चार जना आइजीपी बनेका छन् । नेपाल प्रहरीको १११ औं टोलीबाट हालसम्म चार जना आईजीपी बनिसकेका छन् । ०५४ मा नेपाल प्रहरीले ३० प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा भर्ना खुलाएको थियो । सो परीक्षामा मागभन्दा कम अर्थात् २९ जना मात्र उत्तीर्ण भएका थिए । सहव्याची हुन दानबहादुर कार्की,डा मनोज केसी,नारायणदत्त पौडेल । जसमध्येबाट दुई जनाले नेपाल प्रहरीतर्फको महानिरीक्षक र दुई सशस्त्र प्रहरी बल संगठन प्रमुख बनेका हुन ।

बिज्ञापन

आईजीपी राजु अर्याल आफ्नो चार वर्षे कार्यकाल पूरा गरी गत वैशाख १८ गते अवकाश पाएका थिए । त्यहाँ अहिले नारायणदत्त पौडेल महानिरीक्षक छन् । २३ महिनाका लागि आईजीपी बनेका पौडेल २०८४ साल चैत १७ गते अवकाशमा जाने छन् । यता नेपाल प्रहरीतर्फ १७ महिना कार्यकाल बाँकी छँदै दानबहादुर कार्कीलाई हटाएर डा मनोज केसीलाई नियुक्ति दिइएको छ । पूरै समय काम गर्न पाए उनी ०८४ चैत्रसम्म नेतृत्वमा रहनेछन् ।

बिज्ञापन

सोही व्याचीका पाँचमध्ये एक जनाले बीचैमा ‘जागिर’ छाडे । बाँकी चार जनामध्ये शम्भु सुवेदी डीआईजीबाट अवकाशमा गइसकेका छन् । त्यही व्याचका एआईजी वंशीराज दाहाल झन्डै एक महिनाअघि बर्खास्तीमा परेका छन्,इनम र चोलेन्द्र कनेक्सनका कारण । सोही व्याचका राजन अधिकारी एआइजीमा छन् भने दिनेश आचार्य, राजेन्द्रप्रसाद भट्ट, गोविन्द थपलिया, सुदर्शन कोइराला, अरुण पौडेल, दीपक रेग्मीलगायत डिआइजी पदमा कार्यरत छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!

ताजा समाचार

नापीको नयाँ सरुवा मापदण्ड जारी : अब चक्रीय प्रणाली,कार्यबोझ र योग्यताको आधारमा व्यवस्थापन

दुई लाख विद्यार्थीको विवरण फर्जी,छानबिनका लागि सहसचिवको संयोजकत्वमा समिति

तीन महिनामा ९२ आयोजनाको ठेक्का आह्वान, सवा १७ अर्ब लागत

८५७ कर्मचारीको सरुवा मन्त्रीले गरिन बदर

राष्ट्र बैंकका पूर्व हाकिमको कब्जामा नियामक निकाय

१४२ अधिकृतको सरुवा : ७९ लाई उद्योग,पर्यटन मन्त्रालय मातहत

पाँच पाण्डवमा गृह-सञ्चार सचिवको चासो

आईजीपी पुनर्बहालीको माग लिएर सर्वाेच्च पुगे कार्की

बिशेष