‘मिसेस नेपाल वर्ल्ड २०२६’को उपाधि बिनिता गुरुङले जितेकी छन् । शनिबार साँझ भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा आयोजित ग्राण्ड फिनालेमा २१ प्रतिस्पर्धीलाई पछि पार्दै गुरुङले प्रतिष्ठित उपाधि हात पारेकी हुन् ।
बिज्ञापन
रिबन इन्टरटेनमेन्टको आयोजनामा सम्पन्न प्रतियोगिताको यो छैटौँ संस्करण हो । विवाहित महिलाहरूको प्रतिभा, व्यक्तित्व विकास, आत्मविश्वास तथा नेतृत्व क्षमतालाई उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
बिज्ञापन
प्रतियोगितामा शिल्पा न्यौपाने महर्जनले ‘मिसेस नेपाल इन्टरनेसनल’ र क्रिस्टिना ज्ञवालीले ‘मिसेस नेपाल कस्मो’को उपाधि जितेका छन् । त्यस्तै, रिचा शर्मा ‘एमएस नेपाल इन्टरनेसनल’ घोषित भएकी छन् ।
प्रतियोगितामा नेहा गुप्ता फर्स्ट रनरअप, ज्योति लामिछाने सेकेन्ड रनरअप र सगुन खनाल थर्ड रनरअप बन्न सफल भए ।
बिज्ञापन
रिबन इन्टरटेनमेन्टका सञ्चालक निशुकान्त झाको अध्यक्षता तथा अन्तर्राष्ट्रिय कोरियोग्राफर अश्विनीकान्त झाको नेतृत्वमा प्रतियोगिता सम्पन्न भएको थियो ।
प्रतियोगिताको निर्णायक मण्डलमा वरिष्ठ अभिनेता राजेश हमाल, अभिनेत्री रेखा थापा तथा सन् २०२४ की विजेता डा. डेलिना कार्कीलगायतका व्यक्तित्वहरू सहभागी थिए । निर्णायकहरूले प्रतियोगीहरूको प्रतिभा, आत्मविश्वास, व्यक्तित्व र प्रस्तुतिको मूल्याङ्कनका आधारमा विजेता छनोट गरेका थिए ।
विवाहित महिलाहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्दै उनीहरूको आत्मविश्वास अभिवृद्धि र व्यक्तित्व विकासमा योगदान पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।





























