‘मिसेस नेपाल वर्ल्ड २०२६’को ताज बिनिता गुरुङलाई

‘मिसेस नेपाल वर्ल्ड २०२६’को उपाधि बिनिता गुरुङले जितेकी छन् । शनिबार साँझ भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा आयोजित ग्राण्ड फिनालेमा २१ प्रतिस्पर्धीलाई पछि पार्दै गुरुङले प्रतिष्ठित उपाधि हात पारेकी हुन् ।

बिज्ञापन

रिबन इन्टरटेनमेन्टको आयोजनामा सम्पन्न प्रतियोगिताको यो छैटौँ संस्करण हो । विवाहित महिलाहरूको प्रतिभा, व्यक्तित्व विकास, आत्मविश्वास तथा नेतृत्व क्षमतालाई उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

बिज्ञापन

प्रतियोगितामा शिल्पा न्यौपाने महर्जनले ‘मिसेस नेपाल इन्टरनेसनल’ र क्रिस्टिना ज्ञवालीले ‘मिसेस नेपाल कस्मो’को उपाधि जितेका छन् । त्यस्तै, रिचा शर्मा ‘एमएस नेपाल इन्टरनेसनल’ घोषित भएकी छन् ।

प्रतियोगितामा नेहा गुप्ता फर्स्ट रनरअप, ज्योति लामिछाने सेकेन्ड रनरअप र सगुन खनाल थर्ड रनरअप बन्न सफल भए ।

बिज्ञापन

रिबन इन्टरटेनमेन्टका सञ्चालक निशुकान्त झाको अध्यक्षता तथा अन्तर्राष्ट्रिय कोरियोग्राफर अश्विनीकान्त झाको नेतृत्वमा प्रतियोगिता सम्पन्न भएको थियो ।

प्रतियोगिताको निर्णायक मण्डलमा वरिष्ठ अभिनेता राजेश हमाल, अभिनेत्री रेखा थापा तथा सन् २०२४ की विजेता डा. डेलिना कार्कीलगायतका व्यक्तित्वहरू सहभागी थिए । निर्णायकहरूले प्रतियोगीहरूको प्रतिभा, आत्मविश्वास, व्यक्तित्व र प्रस्तुतिको मूल्याङ्कनका आधारमा विजेता छनोट गरेका थिए ।

 

विवाहित महिलाहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्दै उनीहरूको आत्मविश्वास अभिवृद्धि र व्यक्तित्व विकासमा योगदान पुर्‍याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!

ताजा समाचार

नापीको नयाँ सरुवा मापदण्ड जारी : अब चक्रीय प्रणाली,कार्यबोझ र योग्यताको आधारमा व्यवस्थापन

दुई लाख विद्यार्थीको विवरण फर्जी,छानबिनका लागि सहसचिवको संयोजकत्वमा समिति

तीन महिनामा ९२ आयोजनाको ठेक्का आह्वान, सवा १७ अर्ब लागत

८५७ कर्मचारीको सरुवा मन्त्रीले गरिन बदर

राष्ट्र बैंकका पूर्व हाकिमको कब्जामा नियामक निकाय

१४२ अधिकृतको सरुवा : ७९ लाई उद्योग,पर्यटन मन्त्रालय मातहत

पाँच पाण्डवमा गृह-सञ्चार सचिवको चासो

आईजीपी पुनर्बहालीको माग लिएर सर्वाेच्च पुगे कार्की

बिशेष