अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई कर्मचारी र एक परामर्शदाताविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ । आयोगले नक्कली डीपीआर तयार ३९ लाख रकम हिनामिना गरेको अभियोगमा उनीहरुविरुद्ध मुद्धा दायर गरेको हो ।
बिज्ञापन
आयोगका अनुसार सरकारी रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन प्रमुख राजीव रिमाल, तत्कालीन लेखापाल रून बहादुर सेजुवाल र परामर्शदाता कम्पनी एलाइड इन्जिनियरिङ्ग प्रा लिका प्रबन्ध निर्देशक चन्द्र बहादुर बुढालाई प्रतिवादी बनाइएको छ ।
बिज्ञापन
विभिन्न १३ वटा खानेपानी योजनाको डिपिआर निर्माणका नाममा फर्जी कागजात खडा गरी ३९ लाख ४० हजार ३०९ रुपैयाँ भ्रष्टाचार गरेको भन्दै अख्तियारले विशेष अदालत काठमाडौँमा मुद्धा लगेको हो । डिपिआर नै निर्माण नगरी नक्कली बिल भरपाई बनाएर परामर्शदातालाई ३९ लाख ४० हजारभन्दा बढी रकम भुक्तानी दिई प्रदेश र सङ्घीय सरकारलाई नोक्सानी पुर्याइएको आयोगले जनाएको छ । आयोगले तत्कालीन कार्यालय प्रमुख राजीव रिमाल र तत्कालीन लेखापाल रून बहादुर सेजुवालविरुद्ध ३९ लाख ४० हजार ३०९ रुपैयाँ बिगो कायम गरेको छ। उनीहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ र दफा ३ बमोजिम बिगो असुल गरी सोही बराबरको जरिवाना र कैद सजायको मागदाबी गरिएको छ।





























