कार्यालय प्रमुख,लेखापाल र परामर्शदाताविरुद्ध मुद्धा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई कर्मचारी र एक परामर्शदाताविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ । आयोगले नक्कली डीपीआर तयार ३९ लाख रकम हिनामिना गरेको अभियोगमा उनीहरुविरुद्ध मुद्धा दायर गरेको हो ।

बिज्ञापन

आयोगका अनुसार सरकारी रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन प्रमुख राजीव रिमाल, तत्कालीन लेखापाल रून बहादुर सेजुवाल र परामर्शदाता कम्पनी एलाइड इन्जिनियरिङ्ग प्रा लिका प्रबन्ध निर्देशक चन्द्र बहादुर बुढालाई प्रतिवादी बनाइएको छ ।

बिज्ञापन

विभिन्न १३ वटा खानेपानी योजनाको डिपिआर निर्माणका नाममा फर्जी कागजात खडा गरी ३९ लाख ४० हजार ३०९ रुपैयाँ भ्रष्टाचार गरेको भन्दै अख्तियारले विशेष अदालत काठमाडौँमा मुद्धा लगेको हो । डिपिआर नै निर्माण नगरी नक्कली बिल भरपाई बनाएर परामर्शदातालाई ३९ लाख ४० हजारभन्दा बढी रकम भुक्तानी दिई प्रदेश र सङ्घीय सरकारलाई नोक्सानी पुर्‍याइएको आयोगले जनाएको छ । आयोगले तत्कालीन कार्यालय प्रमुख राजीव रिमाल र तत्कालीन लेखापाल रून बहादुर सेजुवालविरुद्ध ३९ लाख ४० हजार ३०९ रुपैयाँ बिगो कायम गरेको छ। उनीहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ र दफा ३ बमोजिम बिगो असुल गरी सोही बराबरको जरिवाना र कैद सजायको मागदाबी गरिएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!

ताजा समाचार

नापीको नयाँ सरुवा मापदण्ड जारी : अब चक्रीय प्रणाली,कार्यबोझ र योग्यताको आधारमा व्यवस्थापन

दुई लाख विद्यार्थीको विवरण फर्जी,छानबिनका लागि सहसचिवको संयोजकत्वमा समिति

तीन महिनामा ९२ आयोजनाको ठेक्का आह्वान, सवा १७ अर्ब लागत

८५७ कर्मचारीको सरुवा मन्त्रीले गरिन बदर

राष्ट्र बैंकका पूर्व हाकिमको कब्जामा नियामक निकाय

१४२ अधिकृतको सरुवा : ७९ लाई उद्योग,पर्यटन मन्त्रालय मातहत

पाँच पाण्डवमा गृह-सञ्चार सचिवको चासो

आईजीपी पुनर्बहालीको माग लिएर सर्वाेच्च पुगे कार्की

बिशेष