१२ करोडको भ्रष्टाचार मुद्धा सर्वाेच्चमा,विवादित कर्ण घुमिफिरी महानिर्देशकको कुर्सीमा

सरकारले सुशासनको चर्का कुरा गरिरहँदा सरकारी प्रशासनमा भने एउटा कुरूप दृश्य देखिएको छ । सिंहदरबारकै मुखैमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग रहेको छ । जहाँको महानिर्देशकको कुर्सीमा छन्,सञ्जीवकुमार कर्ण,उनी तिनै कर्मचारी हुन, जो यही विभागको महानिर्देशक हुँदा भ्रष्टाचार मुद्धामा डामिएका थिए। कथा २०७५ सालको हो । सो समयमा उनै कर्णको जोडबलमा चारवटा मोबाइल प्रयोगशाला भ्यान खरिद गरियो । जसको मूल्य करिब २८ करोड हाराहारी थियो । सोही मोवाइल भ्यान खरिदमा अनियमितता भएको भन्दै उनीसहितका १३ जनाविरुद्ध अख्तियार लाग्यो । अख्तियारले ०७६ असार ५ मा तत्कालीन महानिर्देशक कर्णसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको । कर्णसँग सम्बन्धित व्यक्तिगत बिगोसमेत रु १२ करोड ४० लाख ४७ हजार ५५८ मागदावी लिएको थियो आयोगले ।मुद्दामा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीवकुमार कर्ण, वरिष्ठ खाद्य अनुसन्धान अधिकृत पूर्णचन्द्र वस्ती, लेखापाल रविता श्रेष्ठ, नायब सुब्बा गुरुदत्त गौतम र शाखा अधिकृत भागीरथ आचार्यलाई प्रतिवादी बनाइएको थियो। त्यसैगरी, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना व्यवस्थापन इकाइ खुमलटारका लेखातर्फका उपसचिव गणेशप्रसाद चालिसे, लेखापाल बालाराम पोख्रेल, तत्कालीन परियोजना निर्देशक नरहरिप्रसाद घिमिरे, वरिष्ठ कृषि इन्जिनियर सरोज अधिकारी, वरिष्ठ योजना अधिकृत तिलकराज चौलागाईं, परियोजना निर्देशक लक्ष्मणप्रसाद पौडेल र वरिष्ठ अनुगमन तथा मूल्याङ्कन अधिकृत इन्द्रहरि पौडेलविरुद्ध पनि मुद्दा दायर गरिएको थियो।आपूर्तिकर्ता कम्पनी प्रुडेन्ट मेडिटेक इन्टरनेसनलका प्रतिनिधि प्रवीण कुँवरलाई समेत सोही मुद्दामा प्रतिवादी बनाइएको थियो।

बिज्ञापन

विशेष अदालतमा यो मुद्दामा उनै कर्णलाई सफाइ थियो । त्यसपछि अख्तियारले उक्त फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गर्‍यो। त्यसको अर्को महत्वपूर्ण चरण १९ पुस २०८१ हो। सर्वोच्च अदालतको संयुक्त इजलासले कर्णलगायत प्रतिवादीलाई झिकाउने आदेश दिएको थियो। विशेषबाट सफाइ पाएपछि ०८१ फागुनमा भयो, मन्त्रिपरिषद्को बैठकले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका तत्कालीन महानिर्देशक सञ्जीवकुमार कर्णलाई लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गर्‍यो। त्यसपछि एउटा कर्मचारीले सरकारलाई देखाउन सुरू गर्यो, मन्त्रिपरिषदले निर्णय गरेको दिन बित्यो, हप्ता बित्यो, महिना बित्यो ति कर्मचारी न त सरुवा भएको ठाउँमा गए, न त सरकारले उनीमाथि कुनै एक्सन लिन सक्यो ।

बिज्ञापन

निजामती ऐनअनुसार सरुवाको पत्र पाएपछि २१ दिनभित्र रमाना लिएर नयाँ कार्यस्थलमा हाजिर हुनुपर्छ। नत्र ति कर्मचारीमाथि सरकारले कारबाही अगाडी बढाउन सक्छ । यहाँ कारबाही त के सरकार ति कर्मचारीको अगाडी घुँडा टेक्यो र ५९ दिनपछि निर्णय फिर्ता लिएर पुरानै मालदार अड्डामा हाकिम बनाइदियो । सो विभागमा मतिना वैद्य र सञ्जिव कुमार घुमिफिरी महानिर्देशक हुँदै आएका छन् । औषधि व्यवस्था विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको कथा करिब करिब उस्तै देखिन्छ ।

सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अख्तियार गरिरहेको दाबी गरिरहेका उनी सोही विभागको महानिर्देशकको कुर्सीमा फर्किए । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले उनलाई २०८३ असोज ५ मा महानिर्देशकको जिम्मेवारी दिएको छ। एउटै व्यक्तिको प्रशासनिक यात्रामा एउटा अनौठो संयोग देखा परेको छ,भ्यान खरिदको अभियोग, निलम्बन, पुनः विभागीय नेतृत्व, विवादित भ्यानको सञ्चालन र फेरि सर्वोच्चमा विचाराधीन न्यायिक प्रक्रियाकै बीच तेस्रोपटक उही विभागको नेतृत्व। यति ठूलो अभियोग लागेका सहसचिव कर्ण अहिले पनि दुई तिहाईको शक्तिशाली सरकारलाई नचाएर राज गरिरहेका छन् । यस विषयमा कर्मचारी प्रेसले महानिर्देशक कर्णसँग पटकपटक सम्पर्क गर्ने प्रयास गरे पनि उनी प्रतिक्रियाका लागि उपलब्ध हुन चाहेनन्।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!

ताजा समाचार

नापीको नयाँ सरुवा मापदण्ड जारी : अब चक्रीय प्रणाली,कार्यबोझ र योग्यताको आधारमा व्यवस्थापन

दुई लाख विद्यार्थीको विवरण फर्जी,छानबिनका लागि सहसचिवको संयोजकत्वमा समिति

तीन महिनामा ९२ आयोजनाको ठेक्का आह्वान, सवा १७ अर्ब लागत

८५७ कर्मचारीको सरुवा मन्त्रीले गरिन बदर

राष्ट्र बैंकका पूर्व हाकिमको कब्जामा नियामक निकाय

१४२ अधिकृतको सरुवा : ७९ लाई उद्योग,पर्यटन मन्त्रालय मातहत

पाँच पाण्डवमा गृह-सञ्चार सचिवको चासो

आईजीपी पुनर्बहालीको माग लिएर सर्वाेच्च पुगे कार्की

बिशेष