बिज्ञापन
संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित चार जनाविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको छ । परिषद्को असोज २० मा बसेको बैठकले उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा रत्नबहादुर बागचन्द र उच्च अदालतका अन्य न्यायाधीशहरू चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो । यसरी सिफारिस भएकामध्ये उच्चको न्यायाधीशमा रोलक्रममा पाँचौँ नम्बरमा रहेका चन्द्रप्रसाद सारु, तेह्रौं नम्बरका जनक पाण्डे र सोह्रौं नम्बरका गोकर्ण डाँगी हुन । न्यायधीशमा नियुक्ति सिफारिस गरिँदा वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै न्यायपरिषद् बैठकले एकजना मुख्यसहित चार न्यायाधीशलाई सर्वोच्च अदालतमा नियुक्तिका लागि सिफारिस गरेको थियो । उच्च अदालतका मुख्य न्यायाधीश राजनप्रसाद भट्टराई, उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुंवर, उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश हरि प्रसाद भण्डारी र उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश राजेश्वर तिवारी रोलक्रममा अघि रहेर पनि ती कोही नियुक्तिका लागि सिफारिस भएका छैनन् भने यसपल्ट कानुन व्यवसायी क्षेत्रबाट पनि सिफारिस गरिएको छैन ।
बिज्ञापन
सुनुवाइको कार्यविधि अनुसार १० दिनको सूचना जारी गर्दै सूचना सार्वजनिक गरिएको छ । प्रस्तावित न्यायाधीशविरुद्ध कात्तिक ९ गतेबाट सुरु हुने गरी १० दिनको समय दिएर उजुरी आह्वान गरेको छ ।सूचना दिन चाहने सूचनादाताले सिधै संसदीय सुनुवाई समितिको कार्यालय सिंहदरबारमा अर्थात कुनै जिल्ला प्रशासन कार्यालयमार्फत उजुरी दिन सक्ने सूचनामा उल्लेख छ ।





























