प्रस्तावित ४ न्यायाधीशविरुद्ध उजुरी आह्वान,कात्तिक १९ सम्मको समयसीमा

 

बिज्ञापन

संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित चार जनाविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको छ । परिषद्को असोज २० मा बसेको बैठकले उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा रत्नबहादुर बागचन्द र उच्च अदालतका अन्य न्यायाधीशहरू चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो । यसरी सिफारिस भएकामध्ये उच्चको न्यायाधीशमा रोलक्रममा पाँचौँ नम्बरमा रहेका चन्द्रप्रसाद सारु, तेह्रौं नम्बरका जनक पाण्डे र सोह्रौं नम्बरका गोकर्ण डाँगी हुन । न्यायधीशमा नियुक्ति सिफारिस गरिँदा वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै न्यायपरिषद् बैठकले एकजना मुख्यसहित चार न्यायाधीशलाई सर्वोच्च अदालतमा नियुक्तिका लागि सिफारिस गरेको थियो । उच्च अदालतका मुख्य न्यायाधीश राजनप्रसाद भट्टराई, उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुंवर, उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश हरि प्रसाद भण्डारी र उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश राजेश्वर तिवारी रोलक्रममा अघि रहेर पनि ती कोही नियुक्तिका लागि सिफारिस भएका छैनन् भने यसपल्ट कानुन व्यवसायी क्षेत्रबाट पनि सिफारिस गरिएको छैन ।

बिज्ञापन

सुनुवाइको कार्यविधि अनुसार १० दिनको सूचना जारी गर्दै सूचना सार्वजनिक गरिएको छ । प्रस्तावित न्यायाधीशविरुद्ध कात्तिक ९ गतेबाट सुरु हुने गरी १० दिनको समय दिएर उजुरी आह्वान गरेको छ  ।सूचना दिन चाहने सूचनादाताले सिधै संसदीय सुनुवाई समितिको कार्यालय सिंहदरबारमा अर्थात कुनै जिल्ला प्रशासन कार्यालयमार्फत उजुरी दिन सक्ने सूचनामा उल्लेख छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!

ताजा समाचार

नापीको नयाँ सरुवा मापदण्ड जारी : अब चक्रीय प्रणाली,कार्यबोझ र योग्यताको आधारमा व्यवस्थापन

दुई लाख विद्यार्थीको विवरण फर्जी,छानबिनका लागि सहसचिवको संयोजकत्वमा समिति

तीन महिनामा ९२ आयोजनाको ठेक्का आह्वान, सवा १७ अर्ब लागत

८५७ कर्मचारीको सरुवा मन्त्रीले गरिन बदर

राष्ट्र बैंकका पूर्व हाकिमको कब्जामा नियामक निकाय

१४२ अधिकृतको सरुवा : ७९ लाई उद्योग,पर्यटन मन्त्रालय मातहत

पाँच पाण्डवमा गृह-सञ्चार सचिवको चासो

आईजीपी पुनर्बहालीको माग लिएर सर्वाेच्च पुगे कार्की

बिशेष