पहिलो रोजाईको कार्यालयमै दरबन्दी मिलान,तै पनि डिजीमाथि प्रहार

खोजेको र रोजेकै कार्यालयमा सरुवा हुँदा समेत एक कर्मचारी नेतृत्वमाथि खनिएको पाइएको छ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत नापी विभागले  गत शुक्रवार १०३ जना अधिकृत, ४९८ जना सर्वेक्षक र २५६ जना अमीन गर्दा कोही कर्मचारीलाई बर्षाैदेखि दुर्गममा सडाइएको,केहीलाई सुगमबाट सुगममा घुमाइएकोमा कर्मचारीहरुले तीतो पोखेका छन् । सरुवा व्यवस्थापन प्रणालीबाट कर्मचारी सरुवा गरिएको भनिए पनि मापदण्डअनुसार कर्मचारी सरुवा नगरिएको,कसैलाई सुगमबाट सुगम त कसैलाई दुर्गमबाट दुर्गमा खटाइएको भन्दै कर्मचारीहरुले सामाजिक सञ्जालबाटै आक्रोश पोख्ने क्रम जारी छ । सरुवा नभएका,दुर्गमबाट दुर्गममा घुमाइएका कर्मचारीहरुको आक्रोश जायज मान्न सकिएला तर खोजेकै र रोजेकै कार्यालयमा सरुवा पाउँदा समेत एक अमिनले कार्यालय प्रमुखमाथि बिष वमन गरिरहेको पाइएको छ ।

बिज्ञापन

यस्तै मध्येका एक हुन अमिन भिम बहादुर डाँगी । उनी मुगुमा चार बर्षदेखि कार्यरत छन् । डाँगी २०७८ चैत ३० गतेको नापी विभागको पत्रअनुसार मुगुमा कामकाजका लागि खटिएका थिए । अनलाइन सरुवा प्रणालीबाट आवेदन दिँदै उनले गत भदौं २५ मा सरुवा आवेदन पेश गर्दै प्रथामिकताका आधारमा पाँच कार्यालय छनौंट गरेका थिए । जसमा पहिलो नम्बरमा रामतडी,कोहलपुर,सुर्खेत,लेखनाथ र उपत्यकाभित्रका मालपोत कार्यालयहरु माग गरेका थिए । उनले माग गरे अनुसार,नापी विभागले पहिलो रोजाईको कार्यालय रामतडीमा खटायो,विभागले । विभागका अनुसार,डाँगीको दरबन्दी मिलान उनले रोजे र खोजेकै प्रथामिकता अनुसारको पहिलो रोजाईको कार्यालयमा रामतडीमा भइसकेको छ । तर अहिले उनी नापी विभागको नेतृत्वदेखि मन्त्रीसम्मलाई जोडेर सामाजिक सञ्जालबाट बिष बमन गरिरहेका छन् । केही कर्मचारी नेताहरुले उचालेर उनी विभागदेखि मन्त्रालयसम्मलाई बदनाम गर्न अग्रसर रहेको नापी विभागका कर्मचारीहरु बताउँछन् । यस्ता कर्मचारीमाथि निजामती ऐन अनुसार विभागीय कारवाही समेत हुनसक्ने देखिन्छ ।

बिज्ञापन

यद्यपि यो बिषयमा नापी विभागले भने कर्मचारीहरुले मागे र रोजे अनुसार,खाली भएका ठाउँमा कर्मचारीहरु खटाइएको र सरुवामा कुनै आर्थिक चलखेल र अपारदर्शी ढंगबाट नभएको प्रष्टाएको छ ।

बिज्ञापन

*शीर्षक सम्पादन गरिएको 

 

सर्भेक्षक र अमिनको सरुवामा उस्तै मनलाग्दी

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!

ताजा समाचार

नापीको नयाँ सरुवा मापदण्ड जारी : अब चक्रीय प्रणाली,कार्यबोझ र योग्यताको आधारमा व्यवस्थापन

दुई लाख विद्यार्थीको विवरण फर्जी,छानबिनका लागि सहसचिवको संयोजकत्वमा समिति

तीन महिनामा ९२ आयोजनाको ठेक्का आह्वान, सवा १७ अर्ब लागत

८५७ कर्मचारीको सरुवा मन्त्रीले गरिन बदर

राष्ट्र बैंकका पूर्व हाकिमको कब्जामा नियामक निकाय

१४२ अधिकृतको सरुवा : ७९ लाई उद्योग,पर्यटन मन्त्रालय मातहत

पाँच पाण्डवमा गृह-सञ्चार सचिवको चासो

आईजीपी पुनर्बहालीको माग लिएर सर्वाेच्च पुगे कार्की

बिशेष