राज्यकोषमा ‘दान’ दिएर कैफियत ढाकछोपको प्रयास

कर छलीदेखि उपभोक्ताका स्वास्थ्यमाथि गम्भीर खेलवाड गर्ने,राज्यलाई हानिनोक्सानी पुर्‍याउने अनि केही रकम दैवी प्रकोपको बेला सरकारलाई सहयोग दिएजस्तो देखाएर कैफियत ढाकछोप गर्ने पात्रहरू हिजो थिए, आज पनि छन् ।

बिज्ञापन

यस्तैमा अग्रपक्तिंमा देखिएको साइमेक्स इंक र  एक्स्ट्रिम इनर्जी ड्रिग्स । उपभोक्ताको जनस्वास्थ्यमाथि खुलेआम खेलवाड गरिरहेका रतनलाल र पवन संघाईहरुको सोही संस्थाले बाढी पीडितका नाममा एक करोड सहयोग गरेका थिए,अघिल्लो महिना । पछिल्लो समय एग्रो थाइ फुड्सले उत्पादन गर्दै आएको एक्सट्रिम र म्याक्स टाइगर इनर्जी ड्रिङ्क्स खुलेआम विक्री वितरण भइरहेको छ । यस्का उत्पादक तिनै लागू औषधको मुद्धामा जोडिएका रतनलाल संघाई र पवन संघाई हुन । यसरी इनर्जी ड्रिग्सको नाममा बिषको खुलेआम विक्री वितरण भइरहे पनि राज्यका नियमनकारी निकायहरु उपभोक्ता हित संरक्षण विभाग,खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र उपभोक्तावादीहरु निरिह बन्न पुगेको छन र यीनै कम्पनीले केही करोड सहयोग गरेर आफ्नो कैफियत ढाकछोपको प्रयास गरिरहेका छन् ।

बिज्ञापन

एकातिर थाइ फुड्सले एक्सट्रिम र म्याक्स टाइगर इनर्जी ड्रिङ्क्सको विज्ञापन खर्चमा हुने ट्याक्स डिडक्सनको दुरुपयोग गरी ठूलो मात्रामा कर छली गरेको उजुरी राज्यको विभिन्न निकायमा पुगेको भए पनि कर छलीदेखि जनस्वास्थ्यमाथि गम्भीर खेलवाड गर्दै आएको सो कम्पनीमाथि सुशासनको नारा दिँदै बनेको सरकार समेत मुकदर्शक बनिरहेको छ । सय दिनमा सुशासन कायम गरेर देखाउँछौं भन्ने रास्वपाको शक्तिशाली सरकार हुँदा पनि राजश्व छल्न् उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर खेलवाड गर्नेहरु पहुँच र प्रभावमा फुत्किने क्रम जारी छ ।

सोही कम्पनीको उत्पादनमा अत्यधिक क्याफिनयुक्त र जनस्वास्थ्यका लागि हानिकार हुने भन्दै विज्ञहरुले पटक पटक भन्दै आएका छन् । जनस्वास्थ्यविद्हरुका अनुसार,यस्ता पेय पदार्थले मधुमेह, पेट र पाचनमा समस्या, मुटु रोग, किड्नीमा समस्या र हड्डी कमजोर बनाउने जस्ता स्वास्थ सम्बन्धी गम्भीर समस्या निम्त्याउँछ । यस्को प्रयोगले एन्जाइटी, चिडचिडापन, अत्यधिक उत्तेजना र आक्रामक व्यवहार, निद्रा नलाग्ने समस्या, ध्यान केन्द्रित गर्न नसक्ने अवस्था, हातखुट्टा काँप्ने र टाउको दुख्ने, मुटुको चाल तलमाथि पार्ने उतिकै जोखिम रहेको जनस्वास्थ्यविद्हरु बताउँछन् । क्षणिक उर्जा र स्वादका लागि प्रयोग गरिने यस्ता इनर्जी ड्रिंक्समा अत्याधिक मात्रामा कार्बोनेटेड पानी, ग्लुकोज–फ्रुक्टोज सिरप,एसिडिटी अत्याधिक मात्रामा मिसाइएको पाइन्छ । ग्लुकोज–फ्रुक्टोज सिरपको अत्यधिक सेवनले मधुमेहको जोखिम बढाउने बताइन्छ । यस्का अलवा यस्को प्रयोगले बालबालिकामा अत्यधिक चञ्चलता बढाउने बताउँछन्,जनस्वास्थ्यविद्हरु ।

बिज्ञापन

चिकित्सकहरुका अनुसार, यस्ता इनर्जी ड्रिंक्समा रहेका केमिकलहरूले मस्तिष्कमा प्रत्यक्ष असर पार्छन्। क्याफिन र टाउरिनजस्ता तत्वले ‘स्टिमुलेन्ट’को रूपमा काम गर्दै मस्तिष्कलाई अत्यधिक उत्तेजित बनाउँछन्। विशेषगरी बालबालिका र किशोरावस्थाको मस्तिष्कमा यसको असर अझै गम्भीर हुने स्वास्थ बिज्ञहरु बताउँछन् । यस्को प्रयोगमा किन पनि खराबी र खतरा छ भने एक्ट्रा इनर्जी ड्रिग्सका उत्पादक नै लागू औषध तस्करी मुद्धामा पक्राउ परेका व्यक्ति रहेको बिषय समेत बाहिरिएको छ । दशक अगाडि संघाई समूहले सञ्चालन गरेको आर्या फर्मामार्फत लागु औषधको कारोबार भइरहेको सूचना पाएको प्रहरीले संघाईसँगै उनका भाइ पवन संघाईको समेत खोजी गरेको थियो, तर उनी त्यति बेला भारतमा लुकेर बसेका थिए ।

औषधिको नाममा लागू औषध कारोबार गर्दागर्दै रतनलाल संघाई पक्राउ परेपछि संघाई समूहको व्यवसायिक यात्रा शुरु भएको थियो । सो समयमा रतनलालको साथै उनका भाई पवन कुमार संघाई, उनका व्यवसायिक साझेदारहरु शंकरलाल हलानका छोराहरु रोहित हलान, मोहित हलान, रतनलालका भतिज कमल कुमार अग्रवाललाई बैंकले कर्जा भुक्तानी गर्न सार्वजनिक रुपमा ताकेता गरेको थियो । औषधिको नाममा लागूऔषध कारोबार गरेको पाईएपछि कम्पनीको कारोबार, बैंक खाता सबै रोक्का भयो । पवनकुमार संघाई फरार भए भने उनका उद्योग पुरै बन्द । सोही समूहले अलि पछि पाटन औद्योगिक क्षेत्रमा कार्यालय खडा गरेर एक्स्ट्रा इनर्जी डिग्स उत्पादन गरेर अहिले अहिले सर्वसाधारणको जीवनमाथि गम्भीर खेलबाड गरिहेको पाएको हो । स्मरण रहोस अहिले नेपाली बजारमा विक्री वितरण हुने औषधि समेत अत्याधिक आर्या कम्पनीले उत्पादन गर्दै आएको बेन्जोइक एसिड र सोर्बिक एसिडजस्ता हानिकारक रसायनहरू प्रयोग हुने गरेको र ती औषधि सेवन गर्दा बालबालिकाको कोमल कलेजो र मिर्गौलामा असर गर्ने जनस्वास्थ्यविद्हरु बताउँछन् । तर यही समूहले प्रधानमन्त्री राहत कोषमा केही करोड सहयोग गरेको थियो । यसरी प्रधानमन्त्री राहत कोषमा सहयोग गरे पछि जस्तो सुकै अपराध पनि क्षम्य हुने हो रु अहिले प्रश्न उठ्न थालेको छ ।

यस्तै,बीवाइडी गाडीको आधिकारिक विक्रेता साइमेक्स इंक समेत अनेकन बदमासीमा मुछिएको कम्पनी हो,सोही कम्पनीलाई पक्षपोषण हुने गरी बजेट निर्माण गर्दा  रास्वपा सरकारले बनाएको पहिलो बजेटमै रास्वपा विवादमा तानियो । ०७९/८० को बजेट निर्माण चलिरहँदा मन्त्रालयमा मालपानीका मान्छे प्रवेश गराएको आरोप लागेपछि तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिनुपरेको थियो । त्यस्तै घटना रास्वपाको सरकार बनेपछि पनि दोहोरियो । फरक यत्ति हो कि न यसपटक अर्थमन्त्रीले राजीनामा दिए न त उनीमाथि छानबिन गर्न समिति नै बन्यो ।

अर्थमन्त्री डा. वाग्लेले जेठ १५ गते ०८३/८४ को बजेट पेश गरे । त्यसको पाँच दिनपछि नेपाल–चीनको सीमा नाका कोरोलाबाट छिरेका ७७४ वटा बिवाईडी गाडी सशस्त्रले बाटो बाटोमा समात्यो । बजेटको छेको पारेर सट्याकसुटुक भित्र्याइएको गाडी सशस्त्रले डकुमेण्टेशन नमिलेको भन्दै नियन्त्रणमा लिएको थियो । सशस्त्रले कागजात नमिलेको भनेपनि नियन्त्रणमा लिनुको प्रमुख कारण थियो–कर छली । करको दरमा हेरफेर भएको सूचना अर्थ मन्त्रालयबाट चुहिएपछि ठूलो संख्यामा विद्युतीय गाडी रातारात भित्र्याइएको आशंकामा समातिएको हो ।ती गाडी भित्र्याउने उज्जवल श्रेष्ठ हुन् । उनी र अर्थमन्त्री डा.वाग्लेबीच निकट सम्बन्ध छ । दुवैले बुढानीलकण्ठ स्कूलमा सँगै पढेका हुन् । माओवादी द्वन्द्वकालमा बुवा गुमाएका श्रेष्ठको घर नारायणघाट हो । उनी बिवाईडीको नेपालस्थित आधिकारिक बिक्रेता साइमेक्स कम्पनीका सञ्चालक हुन् । सो प्रकरणमा उपसचिव तुल्सी भट्टराईसहित ९ जना कर्मचारीलाई जिम्मेवारीमुक्त बनाइएपनि मुख्य पात्रहरूलाई जोगाइयो । घटनाको ठ्याक्कै एक महिनापछि असार १९ गते रसुवा भन्सार कार्यालयले साइमेक्सलाई छुट रकम बुझाएर लैजान भन्दै पत्र लेखेको पाइएको छ । पत्रमा जेठ १४ गतेसम्म जाँचपास प्रक्रिया पूरा गरेको भनिएको बिवाईडी इलेक्ट्रिक कार अटो ४५ के डब्ल्यु प्रिमियम, बिवाईडी ईलेक्ट्रिक कार अटो ४५ केडब्ल्यु स्ट्याण्डर्ड र बिवाईडी ईलेक्ट्रिक कार सिलियन सेभेन मोडल ‘राजश्व रकम भन्सार महशुल ऐन, २०८१’ को दफा २३(१) बमोजिम छुट रकम तिरेर भन्सार क्षेत्रको होल्डिङ्गबाट लैजान भनिएको छ ।

रोचक प्रसंग त के भने, जेठ १८ गते भन्सार विभागबाट निर्देशक सुरेन्द्र पाण्डेय र शाखा अधिकृत गोविन्द अधिकारी भन्सार छलेर गाडी भित्र्याइएको विषयमा स्थलगत छड्के जाँच गर्न पुगेका थिए । तर, उनीहरूले गाडी नयाँ बजेट आउनुअगाडि जेठ १४ गतेभित्रै भन्सार क्षेत्रभित्र प्रवेश गरिसकेको पुष्टि नभएको हुँदा १५ गतेको नयाँ बजेटमार्फत् छुट पाइने सुविधा उपभोग गर्न नमिल्ने ठहरसहित पुरानै राजश्व शुल्क कायम गरिदियो । जसअनुसार अलग अलग मोडलका ६० वटा गाडीको राजश्व ३ करोड ३१ लाख उनान्चास हजार ५ सय ४५ र ३५ वटा गाडीको १५ करोड ९३ लाख ८७ हजार ४५४ रुपैयाँ तिर्नुपर्ने भयो । प्रश्न उठ्छ–छुट रकम तिरेर लैजानु भन्नुको अर्थ कर छलीको रकम सरकारी ढुकुटीमा जम्मा गर भन्नु हो । कर छली गर्नेलाई कारबाही गर्नुपर्ने हो कि बाँकी पैसा तिरेर गाडी लैजाऊ भन्ने हो ? सवाल खडा भएको छ । सरकारले छुट रकम तिरेर लैजानु भनेकोमा साइमेक्स कम्पनी अदालत गएको भन्सार विभागका सूचना अधिकारी निर्देशक किशोर बर्तौलाले बताएका छन् । भन्सार छलीमा मुछिएको बिवाईडीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सात करोड रूपैयाँ सहयोग गरेको छ ।

कर छलीदेखि जनस्वास्थ्यसम्मः ‘एक्सट्रिम–म्याक्स टाइगर’ प्रकरणमा सरकारी निकायकै संरक्षण

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!

ताजा समाचार

नापीको नयाँ सरुवा मापदण्ड जारी : अब चक्रीय प्रणाली,कार्यबोझ र योग्यताको आधारमा व्यवस्थापन

दुई लाख विद्यार्थीको विवरण फर्जी,छानबिनका लागि सहसचिवको संयोजकत्वमा समिति

तीन महिनामा ९२ आयोजनाको ठेक्का आह्वान, सवा १७ अर्ब लागत

८५७ कर्मचारीको सरुवा मन्त्रीले गरिन बदर

राष्ट्र बैंकका पूर्व हाकिमको कब्जामा नियामक निकाय

१४२ अधिकृतको सरुवा : ७९ लाई उद्योग,पर्यटन मन्त्रालय मातहत

पाँच पाण्डवमा गृह-सञ्चार सचिवको चासो

आईजीपी पुनर्बहालीको माग लिएर सर्वाेच्च पुगे कार्की

बिशेष