अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक जना इन्जिनियरलाई एक लाख घुससहित रंगेहात पक्राउ गरेको छ । अख्तियारको बर्दिबास कार्यालयको टोलीले मलंगवा नगरपालिकाका एक इन्जिनियरलाई १ लाख रुपैयाँ नगदसहित पक्राउ गरेको हो ।
बिज्ञापन
आयोगका अनुसार, सर्लाहीको मलंगवा नगरपालिकाका प्राविधिक शाखामा कार्यरत इञ्जिनियर डिकेश यादवलाई नियन्त्रणमा लिएको हो । उनले नक्सा पास गरिदिने भन्दै सेवाग्राहीसँग रकम मागेको सूचना पाएपछि अख्तियारको टोली नगरपालिकामा पुगेको थियो। सोही क्रममा यादवलाई सेवाग्राहीबाट १ लाख रुपैयाँ लिँदै गरेको अवस्थामा पक्राउ गरिएको स्रोतले जनाएको छ।
अख्तियारको टोलीले यादवलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको छ।
बिज्ञापन
बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%





























