पूर्वाधार विकास मन्त्रालयको सरुवा मापदण्ड आज स्वीकृत हुँदै, यस्तो छ मापदण्ड

काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले कर्मचारी सरुवाका लागि नयाँ मापदण्ड तयार पारेको छ। मन्त्रालयले तयार पारेको सरुवा मापदण्ड सम्भवतः आज स्वीकृत हुने भएको छ। यसअघि सोमबार नै मापदण्ड स्वीकृत गर्ने तयारी भए पनि मन्त्री सुनिल लम्सालको कार्यव्यस्तताका कारण प्रक्रिया अघि बढ्न नसकेको मन्त्रालय स्रोतले जनाएको छ।

बिज्ञापन

मन्त्रालयले तयार पारेको मापदण्डमा एउटै कार्यालय वा स्थानमा दुई वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई सरुवा गर्ने व्यवस्था प्रस्ताव गरिएको छ। लामो समयदेखि एउटै स्थानमा कार्यरत कर्मचारीलाई प्राथमिकताका आधारमा सरुवा गर्दै प्रशासनिक सन्तुलन कायम गर्ने उद्देश्यसहित मापदण्ड तयार पारिएको स्रोतको भनाइ छ।

बिज्ञापन

नयाँ मापदण्डमा कर्मचारीको गुनासो तथा कार्यसम्पादनलाई समेत सरुवाको आधार बनाइने भएको छ। कुनै कर्मचारीले आफ्नो कार्यस्थलका विषयमा जायज गुनासो राखेको अवस्थामा त्यसको सम्बोधन गर्ने तथा उत्कृष्ट र प्रशंसनीय काम गरेका कर्मचारीलाई उनीहरूको कार्यसम्पादनअनुसार विशेष जिम्मेवारी दिने व्यवस्था गरिने भएको छ।

कार्यसम्पादनमा अब्बल देखिएका कर्मचारीलाई सामान्य स्थानमा मात्रै सीमित नराखी चुनौतीपूर्ण र विशेष दायित्व भएका कार्यालयमा समेत खटाउने तयारी मन्त्रालयले गरेको छ। राम्रो कार्यसम्पादन गरेका कर्मचारीलाई चुनौतीपूर्ण जिम्मेवारी दिएर उनीहरूको क्षमता उपयोग गर्ने नीति मापदण्डमा समेटिने स्रोतले जनाएको छ।

बिज्ञापन

त्यसैगरी, लामो समयदेखि उपत्यकाबाहिर कार्यरत कर्मचारीलाई आवश्यकताअनुसार उपत्यकामा ल्याउने र लामो समयदेखि उपत्यकामै बसेर सेवा गरिरहेका कर्मचारीलाई उपत्यकाबाहिर पठाउने व्यवस्था पनि मापदण्डमा समेटिएको छ। एउटै भौगोलिक क्षेत्रमा लामो समयसम्म कर्मचारी थुप्रिने अवस्था अन्त्य गर्दै कर्मचारी व्यवस्थापनमा सन्तुलन कायम गर्ने मन्त्रालयको तयारी छ।

सरुवालाई व्यवस्थित र पारदर्शी बनाउन कर्मचारीले सरुवाका लागि कम्तीमा तीनवटा र बढीमा पाँचवटा कार्यालय वा स्थानको विकल्प दिनुपर्ने व्यवस्था पनि गरिने भएको छ। कर्मचारीले रोजेको विकल्प, सेवा अवधि, कार्यसम्पादन तथा कार्यालयको आवश्यकतालाई आधार बनाएर सरुवा व्यवस्थापन गर्ने तयारी मन्त्रालयले गरेको हो।
मन्त्रालय स्रोतका अनुसार मापदण्ड स्वीकृत भएपछि ठूलो संख्यामा सिनियर डिभिजन इन्जिनियर तथा सुपरिटेन्डेन्ट इन्जिनियरसहित प्राविधिक कर्मचारीको सरुवा प्रक्रिया अघि बढ्नेछ। लामो समयदेखि सरुवाको प्रतीक्षामा रहेका कर्मचारीको व्यवस्थापन गर्न मापदण्ड स्वीकृतिलाई महत्वपूर्ण रूपमा हेरिएको छ।

मन्त्रालयले सरुवालाई पहुँच र दबाबका आधारमा नभई सेवा अवधि, कार्यसम्पादन, भौगोलिक सन्तुलन र कार्यालयको आवश्यकताका आधारमा व्यवस्थित गर्ने दाबी गरेको छ। तर मापदण्ड कार्यान्वयनका क्रममा राजनीतिक तथा प्रशासनिक दबाबलाई कसरी व्यवस्थापन गरिन्छ भन्ने विषय भने चुनौतीका रूपमा रहने देखिएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!

ताजा समाचार

८१ जना लेखा अधिकृतहरुको सरुवा (सूचीसहित)

प्रशासन र प्राविधिक सेवाका गरी २५५ कर्मचारीको सरुवा

सीइओ नियुक्तिका लागि अध्यादेशमार्फत ऐन संशोधन : सर्ट लिष्टमा परे पूर्वमन्त्रीदेखि निमित्त हाकिम

‘हाम्रै हातमा प्रहरी र सीडीओ छन भन्ने दम्भ त्याग्नुपर्दछ’

तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच विरुद्ध भ्रष्टाचार मुद्धा दायर

नापीको नयाँ सरुवा मापदण्ड जारी : अब चक्रीय प्रणाली,कार्यबोझ र योग्यताको आधारमा व्यवस्थापन

दुई लाख विद्यार्थीको विवरण फर्जी,छानबिनका लागि सहसचिवको संयोजकत्वमा समिति

तीन महिनामा ९२ आयोजनाको ठेक्का आह्वान, सवा १७ अर्ब लागत

बिशेष