सशस्त्रका एआइजी दाहाल निलम्बित

सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाल निलम्बनमा परेका छन् । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा अतिरिक्त महानिरीक्षक दाहाललाई निलम्बन गरेको हो । सीमा सुरक्षा विभागको प्रमुखको रूपमा कार्यरत दाहालको म्याद थप्ने प्रस्ताव अगाडि बढिरहेको समयमा उनी निलम्बित भएका हुन ।

बिज्ञापन

आगामी असोज २७ गते अवकाशमा जान लागेका उनलाई अवकाशको दुई साता अघि कारबाहीको डण्डा चलाइएको हो । सशस्त्र प्रहरी बलले एआइजी दाहालको पदावधि एक बर्ष थप्न गृहमा प्रस्ताव पठाएको अर्काे साता उनी विवादमा परेर निलम्बित भएका हुन ।

बिज्ञापन

निलम्बन अघि उनीसँग गत शुक्रवार स्पष्टीकरण समेत सोधेको थियो । सशस्त्र स्रोतका अनुसार,पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा प्रहरीको नियन्त्रणमा हुँदा एआईजी दाहालले उनीसँग भेटघाट गरेसँगै सोही भेटघाटको बिषयले उनी निलम्बनमा परेका हुन । असोज ११ मा बिहान दाहालले टेकु स्थित उपत्यका अपराध अनुसन्धान कार्यालयमा गएर जबरासँग भेटघाट गरेका हुन् ।
सोही प्रकरणलाई लिएर सशस्त्र प्रहरी बल प्रधान कार्यालयले एआईजी दाहाललाई स्पष्टीकरणसमेत सोधिएको थियो । गृहका सशस्त्र प्रहरी बल, नेपालले दाहालले सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहावट गरी पदीय आचरणविपरीत कार्य गरेको भन्दै कारबाहीका लागि गृह मन्त्रालयमा सिफारिस गरेको थियो। सशस्त्र स्रोतका अनुसार,उनी निलम्बनमा गएको खण्डमा बढुवा प्रतिस्पर्धामा डीआईजीबाटहरु सिसम–१ का सुरेश श्रेष्ठ, दीपेन्द्र शाह र पुरुषोत्तम थापामध्येबाट एआइजीमा उकालिने सम्भवना रहेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!

ताजा समाचार

फाजिलमा परेका नासुहरुको व्यवस्थापन गर्ने सामान्य प्रशासनको परिपत्र

८१ जना लेखा अधिकृतहरुको सरुवा (सूचीसहित)

प्रशासन र प्राविधिक सेवाका गरी २५५ कर्मचारीको सरुवा

सीइओ नियुक्तिका लागि अध्यादेशमार्फत ऐन संशोधन : सर्ट लिष्टमा परे पूर्वमन्त्रीदेखि निमित्त हाकिम

‘हाम्रै हातमा प्रहरी र सीडीओ छन भन्ने दम्भ त्याग्नुपर्दछ’

तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच विरुद्ध भ्रष्टाचार मुद्धा दायर

नापीको नयाँ सरुवा मापदण्ड जारी : अब चक्रीय प्रणाली,कार्यबोझ र योग्यताको आधारमा व्यवस्थापन

दुई लाख विद्यार्थीको विवरण फर्जी,छानबिनका लागि सहसचिवको संयोजकत्वमा समिति

बिशेष