राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वर्तमान सरकार नढल्ने तर सरकार ढाल्न खोज्नेहरु नै बेहोस भएर ढल्ने दाबी गरेका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लामिछानेले पटक–पटक सरकार ढल्ने चर्चा हुने गरे पनि सरकार ढल्ने हल्लाबीच सरकार नढलेको देखेर हल्ला गर्नेहरू नै बेहोस भएर ढल्ने अवस्था आउने टिप्पणी गरे ।
बिज्ञापन
‘कहिलेकाहीँ सुनिन्छ– सरकार कमजोर भयो, सरकार ढल्छ । दशैंमा ढल्छ, तिहारमा ढल्छ, छठमा ढल्छ, ढल्छ त ढल्छ भनेर सुनेका छौं,’ लामिछानेले भने, ‘तर, यसपटक सरकार ढल्छ कि ढल्छ भनेको मान्छे सरकार नढलेको देखेर बेहोस भएर ढल्छ । सरकार ढल्दैन, बिल्कुल ढल्दैन ।’
उनले भने,ुुयो सरकार पाँच वर्षसम्म ढल्दैन । सरकार ढल्छ भनेर हल्ला चलाउनेहरू बरु बेहोस भएर ढल्लान् तर सरकार ढल्दैन । उनले आन्दोलनबाट सरकार नढल्ने बताए । चाडपर्वपछि आन्दोलन हुँदैछ, सरकार ढाल्ने आन्दोलन भनिएको छ । आन्दोलनबाट सरकार ढल्नेछैन ।
उनले कांग्रेसको लामो राजनीतिक इतिहासको सम्मान गर्दै पार्टीले अब नयाँ पुस्ता र नयाँ राजनीतिक परिस्थितिअनुसार अघि बढ्नुपर्ने बताए। कांग्रेसको इतिहास उसको ठुलो शक्ति भएको भन्दै उनले त्यसबाट पाठ सिकेर नयाँ यात्रामा अघि बढ्नुपर्ने धारणा राखे।
बिज्ञापन





























