संघीय निजामती सेवा विधेयक : पुराना भरङ्ग, नयाँ दङ्ग

nijamati bidek

संघीय निजामती सेवा विधेयकको मस्यौमा रहेका कतिपय प्रावधानप्रति पूराना,पाका कर्मचारीहरुले आपत्ति जनाइरहेका छन् । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले बिहीबार सङ्घीय संसद् सचिवालयमा विधेयक दर्ता गराएको सो विद्येयकमा बहालवालादेखि निवृत्त कर्मचारीहरुले समेत विधेयकक कतिपय प्रावधानप्रति आपत्ति जनाएका छन ।

बिज्ञापन

हाल उद्योग मन्त्रालयमा कार्यरत रहेका सहसचिव जितेन्द्र बस्नेतले ३०–५५ को व्यवस्थाले निजामती सेवाको ‘शिर छेदन’ गरेको भन्दै कडा असहमति जनाएका छन्। बस्नेतले सामाजिक सञ्जालमा लेखेका छन्, ‘एउटा समूहलाई मात्र कोष्टक (ब्राकेट) मा पारेर एक पटकका लागि मात्र ३०–५५ को विभेदकारी, अन्यायपूर्ण र असमान प्रावधान राखी निजामती सेवाको शिर छेदन गर्ने गरी आज सम्मानित सदनसमक्ष पेश भएको विधेयक भर्त्सनायोग्य छ।’सहसचिव बस्नेतले प्रस्तावित व्यवस्थालाई ‘सेवा शर्तविपरीतको भूतप्रभावी प्रावधान’ का रूपमा व्याख्या गरेका छन्।
यता हालै मात्र सर्वाेच्च अदालतको रजिष्ट्रारको जिम्मेवारी पाएका सर्वोच्च अदालतका रजिस्ट्रार ठगिन्द्र कट्टेलले विभेदको रेखा गहिरोसँग कोरिनु सकारात्मक सङ्केत नभएको उल्लेख गर्दै स्वैच्छिक अवकाशको प्रावधान सबैका लागि विकल्प हुन सक्ने धारणा राखेका छन् ।उनले कुनै निश्चित समूहलाई मात्र छानेर लागू हुने व्यवस्थालाई ‘पिक एन्ड चुज’को अभ्यासका रूपमा व्याख्या गर्दै यस्तो व्यवस्था प्राकृतिक न्यायको सिद्धान्त विपरीत हुन सक्ने टिप्पणी गरेका छन् ।

बिज्ञापन


यस्तै पूर्व सहसचिव फणीन्द्रमणि पोखरेलले कानुन नै पूर्वाग्रही बनाउने प्रयास भए समानता, न्याय र सामाजिक न्यायजस्ता विषय संविधानमै सीमित हुने अवस्था आउन सक्ने टिप्पणी गरेका छन् ।यसरी पूराना र पाका कर्मचारीहरुले संघीय निजामती सेवा विद्येयकका प्रावधानप्रति आपत्ति जनाइरहँदा लोकसेवा तयारी गरिरहेका विद्यार्थीहरुले भने विधेयकका प्रावधानहरुको स्वागत गरेका छन् । लोकसेवा आगोगको परीक्षा तयारीमा रहेका दीपक रेग्मीले आफूहरूले उठाएका मागहरू समेटिनुपर्ने आग्रहका साथ करिब दुई महिना अघिदेखि नै प्रस्तावित संघीय निजामती सेवा विधेयकमाथि खबरदारीका साथ आन्दोलन गर्दै आएको बताएका छन्। रेग्मीका अनुसार परीक्षार्थीहरूले उठाउँदै आएका मागमध्ये अधिकांश विषय अहिले संसदमा दर्ता भएको विधेयकमा समेटिएका छन्।

‘म र मेरो समूहले करिब दुई महिनाअघिदेखि नै निजामती सेवा ऐनसम्बन्धी विद्यार्थीका मुद्दा बोकेर आन्दोलन गर्दै आएका हौं । हामीले उठाएका मागहरू विधेयकमा समावेश भएका छन्,’ उनले भने। खुला प्रतिस्पर्धा, लोकसेवा आयोगको संवैधानिक अधिकार तथा स्वायत्तता, सेवा प्रवेशको उमेर हद, ३०/५५ वर्षको अवकाश प्रावधानलगायत परीक्षार्थीका सरोकारका विषयमा आफूहरूले निरन्तर आवाज उठाउँदै आएको उनले बताए।

बिज्ञापन

‘विधेयक संसदमा दर्ता हुँदैमा हाम्रो भूमिका सकिँदैन। अब संसद्को दफावार छलफल र संशोधन प्रक्रियामा पनि परीक्षार्थीका सरोकारलाई सम्बोधन गराउन खबरदारी जारी राख्छौँ,’ रेग्मीले भने। आफूहरूले उठाएका मुद्दा र आन्दोलनसँग सम्बन्धित भिडियो तथा सामग्रीहरू सञ्चारमाध्यममा समेत सार्वजनिक भएको उल्लेख गर्दै परीक्षार्थीका अधिकार र हितका विषयमा आफूहरुले निरन्तर आवाज उठाइरहने बताए।

यता, प्रस्तावित विधेयकमा सरकारले अवकाशका लागि विद्यमान ५८ वर्ष उमेरको सट्टा ३० वर्ष सेवा वा ५५ वर्ष उमेर हद उल्लेख गरेको छ । यो प्रावधान हुबहु पारित भए कम्तिमा १० हजार कर्मचारी घर जानेछन ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!

ताजा समाचार

फाजिलमा परेका नासुहरुको व्यवस्थापन गर्ने सामान्य प्रशासनको परिपत्र

८१ जना लेखा अधिकृतहरुको सरुवा (सूचीसहित)

प्रशासन र प्राविधिक सेवाका गरी २५५ कर्मचारीको सरुवा

सीइओ नियुक्तिका लागि अध्यादेशमार्फत ऐन संशोधन : सर्ट लिष्टमा परे पूर्वमन्त्रीदेखि निमित्त हाकिम

‘हाम्रै हातमा प्रहरी र सीडीओ छन भन्ने दम्भ त्याग्नुपर्दछ’

तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच विरुद्ध भ्रष्टाचार मुद्धा दायर

नापीको नयाँ सरुवा मापदण्ड जारी : अब चक्रीय प्रणाली,कार्यबोझ र योग्यताको आधारमा व्यवस्थापन

दुई लाख विद्यार्थीको विवरण फर्जी,छानबिनका लागि सहसचिवको संयोजकत्वमा समिति

बिशेष