जेन्जी शहीद परिवार र घाइतेको प्रोफाइल तयार गर्दै झापा प्रशासन


जिल्ला प्रशासन कार्यालय झापाले जेन्जी शहीद परिवार र घाइतेको प्रोफाइल तयार गर्ने कार्य प्रारम्भ गरेको छ । मन्त्रिपरिषद्बाट स्वीकृत २४ बुँदे राहत प्याकेजको कार्यान्वयनको क्रममा झापा जिल्ला प्रशासनले यो काम अगाडि बढाएको हो । जेन्जी आन्दोलनका क्रममा शहादत प्राप्त शहीदका परिवार तथा घाइतेहरूको जिल्लागत प्रोफाइल तयार गरी उनीहरूको वास्तविक आवश्यकता र सरकारले घोषणा गरेको राहत प्याकेजबीच समन्वय गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय झापाले प्रोफाइल तयार गर्ने कार्य अगाडि बढाएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले जनाउनुभएको छ ।
प्रोफाइल तयार भएपछि उनीहरूको आर्थिक तथा सामाजिक अवस्था र सरकारसँगको अपेक्षालाई मन्त्रिपरिषद्बाट स्वीकृत पुनर्स्थापना, जीवनयापन तथा सामाजिक संरक्षणसम्बन्धी एकीकृत राहत प्याकेजसँग जोडिने जनाइएको छ। अन्तरनिकाय समन्वयलाई प्रभावकारी बनाउँदै राहत प्याकेज कार्यान्वयनमा सहजीकरण गर्ने आफ्नो ‘रोडम्याप’मा प्रोफाइलले महत्वपूर्ण सहयोग पुर्‍याउने आशा व्यक्त गरिएको छ । प्रोफाइल तयार गर्ने प्रयोजनका लागि जेन्जी शहीद परिवार तथा घाइतेहरूलाई प्रशासनको सम्पर्कमा आउन तथा आवश्यक समन्वय र सहजीकरण गर्न जिल्ला प्रशासन कार्यालय झापाले सूचनासमेत सार्वजनिक गरेको छ।

बिज्ञापन

जेन्जी शहीद परिवार तथा घाइतेहरूको निःशुल्क स्वास्थ्य उपचार, निःशुल्क शिक्षा, रोजगारीलगायत पुनर्स्थापना, जीवनयापन तथा सामाजिक संरक्षणसम्बन्धी एकीकृत राहत प्याकेजलाई वास्तविक मागसँग जोड्न सहज होस् भन्ने उद्देश्यले प्रोफाइल तयार गर्न लागिएको प्रमुख जिल्ला पोखरेलले जनाउनुभएको छ । प्रोफाइलमा जेन्जी शहीद परिवार तथा घाइतेहरूको व्यक्तिगत विवरण, घटनासम्बन्धी विवरण, आर्थिक तथा सामाजिक अवस्था र सरकारसँगको अपेक्षा गरी मुख्य चार क्षेत्रमा विवरण समेटिने योजना रहेको छ । झापा जिल्लामा दुई शहीद परिवार रहेको तथा ४० जना जेन्जी घाइतेमध्ये ३७ जना सम्पर्कमा रहेको बताइएको छ । बाँकी तिन जना भने सम्पर्कमा छैनन्, सम्पर्कमा रहेका ३७ जनाले परिचयपत्र प्राप्त गरिसकेका प्रमुख जिल्ला अधिकारी पोखरेलले जनाएकाछन् ।

बिज्ञापन

केही दिनअघि संघीय स्वास्थ्य मन्त्रालयबाट घाईतेको अवस्था अनुसार १८ जना जेन्जी घाइतेको वर्गीकृत सूची प्राप्त भए संगै बर्गिकृत घाईतेको संख्या २८ पुगेको छ । बर्गीकरण अनुसारको परिचयपत्र उपलब्ध गराउन प्रशासनले आवश्यक तयारी गरिरहेको छ । गृह मन्त्रालयबाट १०९ जना जेन्जी घाइतेको प्रारम्भिक सूची प्राप्त भए पनि हालसम्म ३७ जना जेन्जी घाइतेले मात्र परिचयपत्र लिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!

ताजा समाचार

थप ८१ लेखा अधिकृतको सरुवा : १२ फाजिल व्यवस्थापन,४ कामकाज

फाजिलमा परेका नासुहरुको व्यवस्थापन गर्ने सामान्य प्रशासनको परिपत्र

८१ जना लेखा अधिकृतहरुको सरुवा (सूचीसहित)

प्रशासन र प्राविधिक सेवाका गरी २५५ कर्मचारीको सरुवा

सीइओ नियुक्तिका लागि अध्यादेशमार्फत ऐन संशोधन : सर्ट लिष्टमा परे पूर्वमन्त्रीदेखि निमित्त हाकिम

‘हाम्रै हातमा प्रहरी र सीडीओ छन भन्ने दम्भ त्याग्नुपर्दछ’

तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच विरुद्ध भ्रष्टाचार मुद्धा दायर

नापीको नयाँ सरुवा मापदण्ड जारी : अब चक्रीय प्रणाली,कार्यबोझ र योग्यताको आधारमा व्यवस्थापन

बिशेष