राष्ट्रपति कार्यालयबाट सरुवा भएर उद्योगमा पुगेका सहसचिव रितेशकुमार शाक्यले वाणिज्य विभागको महानिर्देशकको जिम्मेवारी पाएका छन् । बागतमी प्रदेश हुँदै वीर अस्पतालबाट राष्ट्रपति कार्यालयमा पुगेका शाक्य गत असोज १३ मा उद्योग मन्त्रालयमा पुगेका थिए ।
बिज्ञापन
उद्योग मन्त्री दिपक साहले शाक्यलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको महानिर्देशकको जिम्मेवारी दिएका हुन । साह मन्त्री भएको भोलिपल्टै २५ भदौंमा वाणिज्य विभागका महानिर्देशक मोतिराम सापकोटा गृह मन्त्रालयमा पुगेका थिए । त्यस यता विभाग महानिर्देशकविहिन रहेकोमा शाक्यलाई महानिर्देशकको जिम्मेवारी दिइएको हो ।
बिज्ञापन
यस अघि माओवादी सत्तामा हुँदा शाक्य आन्तरिक राजस्व विभागको महानिर्देशकको भूमिकामा थिए । तत्कालीन महानिर्देशक शोभाकान्त पौडेललाई विस्थापन गरेर शाक्य विभागको महानिर्देशक चलाइसकेका कर्मचारी हुन ।





























