मन्त्री फेरिनेवित्तिकै महानिर्देशकको सरुवा

उद्योग मन्त्री दिपककुमार साहले मन्त्रीको जिम्मेवारी सम्हाले लगतै मन्त्रालयका कर्मचारीहरुको व्यापक हेरफेर गरेका छन् ।

बिज्ञापन


२४ भदौंमा मन्त्रीको रुपमा जिम्मेवारी सम्हालेका साहले यस अघि नै पाँच जना सहसचिवहरुको आन्तरिक जिम्मेवारी हेरफेर गरेका थिए । उद्योग विभागको महानिर्देशकको जिम्मेवारी कल्पना श्रेष्ठको काँधमा आएको छ । उनी उद्योगमा पुगेर त्यहाँको महानिर्देशक बनेका छन् । यस अघि सो विभागका महानिर्देशक रहेका जितेन्द्र बस्नेत संस्थान, आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण महाशाखाको प्रमुखको जिम्मेवारी पाएका छन् । यस्तै प्रशासन, योजना तथा अनुगमन मूल्याङ्कन महाशाखा प्रमुखको जिम्मेवारी नेत्रप्रसाद सुवेदी, औद्योगिक लगानी प्रवर्द्धन तथा औद्योगिक पूर्वाधार विकास महाशाखा प्रमुखको जिम्मेवारी रामबन्धु सुवेदीलाई दिइएको छ। यस्तै,द्विपक्षीय तथा बहुपक्षीय व्यापार महाशाखा प्रमुखको बुद्धबहादुर गुरुङलाई दिइएको छ।

बिज्ञापन


उता मन्त्री फेरिनेवित्तिकै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक हटाएका छन् । मन्त्री नियुक्त भएको भोलिपल्टै भदौ २५ गते बसेको मन्त्रिपरिषद्को बैठकले वाणिज्य विभागका महानिर्देशक मोतीराम सापकोटालाई गृह मन्त्रालयमा सरुवा गरेकामा सापकोटा हाल गुल्मी जिल्ला प्रशासन कार्यालयको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा पुगेका हुन ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!

ताजा समाचार

थप ८१ लेखा अधिकृतको सरुवा : १२ फाजिल व्यवस्थापन,४ कामकाज

फाजिलमा परेका नासुहरुको व्यवस्थापन गर्ने सामान्य प्रशासनको परिपत्र

८१ जना लेखा अधिकृतहरुको सरुवा (सूचीसहित)

प्रशासन र प्राविधिक सेवाका गरी २५५ कर्मचारीको सरुवा

सीइओ नियुक्तिका लागि अध्यादेशमार्फत ऐन संशोधन : सर्ट लिष्टमा परे पूर्वमन्त्रीदेखि निमित्त हाकिम

‘हाम्रै हातमा प्रहरी र सीडीओ छन भन्ने दम्भ त्याग्नुपर्दछ’

तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच विरुद्ध भ्रष्टाचार मुद्धा दायर

नापीको नयाँ सरुवा मापदण्ड जारी : अब चक्रीय प्रणाली,कार्यबोझ र योग्यताको आधारमा व्यवस्थापन

बिशेष