सरकारले संघीय निजामती ऐनसम्बन्धी विधेयक संघीय संसद्को प्रतिनिधिसभामा दर्ता गरेको छ । गत मंगलबारको मन्त्रिपरिषद् बैठकले विधेयक संसद्मा लैजान भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुमति प्रदान गरेको थियो । भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको तर्फबाट विधेयक आज संसदमा दर्ता भएको हो ।
बिज्ञापन
विधेयकमा यसअघि धेरै चर्चामा आएको ३०–५५ को हद कायम गरिएको छ । ३० वर्ष सेवा अवधि वा ५५ वर्ष उमेरहद जुन पहिलो पुग्छ त्यसका आधारमा कर्मचारीले अवकाश पाउने छन् । यस्तै सेवावधि बाँकी छँदै ५५ वर्षे उमेरहदका कारण अनिवार्य अवकाश जानेको हकमा भने थप तीन वर्षको पदावधि पेन्सन प्रयोजनका लागि गणना हुने भएको छ । यस्तै संघीय निजामती सेवा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा २ बर्ष कुलिङ पिरियडको प्रस्ताव राखिएको छ ।





























