नयाँ सरकारले लामो समयदेखि सिंहदरबारको चौघेरा नछोड्ने कर्मचारीको सूची तयार पार्यो । उपत्यका र सिंहदरबारको चैघेरा नतोड्ने कर्मचारीको संख्या ४ हजार ४७५ रहेको र तीमध्ये १ हजार ९३५ कर्मचारीहरु सिंहदरबारभित्रै थिए । तीमध्ये केही रैथाने कर्मचारीहरुको धमाधम सरुवा गर्यो मन्त्रालयले ।
जस्मा महिला,गर्भवती,अपाङ्ग,दीर्घरोगी समेत हेरिएन । मन्त्रालयले फरक क्षमताको एक कर्मचारी,जो उपचारको क्रममा छन् । वैशाखीरह्विलचेयरको प्रयोग गरेर कार्यालय आउजाउ गरिरहेका छन्,तिनै अधिकृतलाई सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगबाट लखेटेर स्थानीय तहमा खटाएको समेत पाइएको छ । सामान्य मानवीय संवेदनासमेत नराखी कर्मचारी सरुवा गरिएको भन्दै गुनासो आउने क्रम जारी छ । भ्रष्टाचार मुद्धा लागेर निलम्बित कर्मचारीलाई इलाका प्रशासन कार्यालयमा पदस्थापन गरेको छ भने स्थानीय तहमा समायोजन भएका कर्मचारीको समेत संघीय मन्त्रालयले सरुवा गरेर जिल्ला प्रशासन कार्यालय सल्यानमा खटाएको भेटिएको छ ।यी र यस्ता घटनाले अनलाइन सरुवा प्रणालीमाथि नै अनेकन प्रश्न,शंका जन्माइरहेको छ ।
बिज्ञापन
नयाँ सरकार बनेसँगै अनलाइन सरुवा प्रणालीबाटै राजपत्रअनंकित तहदेखि उपसचिवसम्मका गरी झण्डै १ हजार कर्मचारी अदल बदल गरिसकेको छ । सरुवा प्रणालीमा हालसम्म सात हजार कर्मचारी दर्ता भएकोमा अनलाइनबाट हालसम्म ४ हजार आवेदन प्राप्त भएको,६ सय सरुवाको प्रक्रियामा रहेको भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । यसरी कर्मचारी सरुवा गर्दा सफ्टवेयरबाट नभइ मन्त्री,उनका सचिवालय हावी हुने गरेको केही उदाहरणहरु सार्वजनिक हुँदैछन् ।
बिज्ञापन
संघीय मामिला तथा सामान्य प्रशासनमा रहेका उपसचिव सोही मन्त्रालयमा आठ बर्षदेखि कार्यरत छन्,उनलाई सरुवा सफ्टवेयरले चिन्न सकेको छैन । यस्तै बढुवा शाखामा रहेका उपसचिव अश्विन कुमार पोखरेल झण्डै चार बर्षदेखि सोही मन्त्रालयमा कार्यरत रहेका छन् । उसो त पछिल्लो समय ०६७ सालका शाखा अधिकृतहरु नै अहिले त्यहाँका हर्ताकर्ता बन्न पुगेका कर्मचारीहरु बताउँछन् ।
तिनै प्रतिभा रावलले कमाण्ड गरेको मन्त्रालय माहतत एक जना उपसचिव एउटै निकायमा ६६ सालदेखि कार्यरत रहेको पाइएको छ । तत्कालीन राजाको हुकुम प्रमाङ्गीबाट आएका एक मामुली कर्मचारीले दुई तिहाई बहुमतको बालेन सरकारलाई हल्लाइरहेका छन् । ती यस्ता उपसचिव,जस्ले कहिल्यै लोक सेवा परीक्षा उत्र्तिण हुनु परेन,राजाको हातबाट टीका थापेर सिधै सरकारी सेवामा प्रवेश गरे,उनै उपसचिवका अगाडि बालेन सरकारको ‘ब्रेष्ट फर्मेमेन्सर मन्त्री’को रुपमा प्रचारित प्रतिभा रावलले समेत घुँडा टेकिरहेकी खबर हो यो । सुदन ख्वाखली श्रेष्ठ,यस्ता ‘पावरफुल’ कर्मचारी हुन,जो राजाको हातबाट टीका थापेर सिधै सरकारी सेवामा प्रवेश गरेका हुन । जो मन्त्री प्रतिभा रावल मातहतकै निजामती किताबखानाका निर्देशक तथा सूचना अधिकारीको भूमिकामा छन् । राजप्रसाद सेवा (दरबार)मार्फत सरकारी सेवामा प्रवेश गरेका ती उपसचिव,झण्डै दुई दशक बर्षदेखि एउटै कार्यालयमा कार्यरत छन् । उनी यति शक्तिशाली देखिन्छन् यो बीचमा जिल्ला समन्वय समिति रसुवामा भइसकेको सरुवा समेत उल्टाएर उनी किताबखानामै डेरा जमाएर बसिरहेका छन् ।
बिज्ञापन
सामान्य प्रशासनका मन्त्री,सचिवदेखि उच्च प्रशासकसम्मलाई ‘आफू नभई किताबखाना नै नचल्ने वा आफ्नो अनुपस्थितिमा किताबखानाको प्रणालीले काम नगर्न भन्दै उनी त्यही टिक्दै आएका छन् ।प्रविधिमैत्री भनिएको अहिलेको सरकारका सरुवाका ठेकेदारहरुले त्यो कुरा सजिलै पत्याइरहेका छन् । किताबखानाको प्रणाली बजारबाट खरिद गरिने त त्यसको सञ्चालन वार्षिक खरिद सम्झौता मार्फत परामर्शदाताले नै गर्दै आएका छन् । केही दिन अघि मात्रै किताबखानाबाट दर्जनौं नायव सुब्बा स्तरका कर्मचारी सरुवामा गरिएको थियो । जसले वास्तवमै किताबखाना धानेर बसेका थिए । तर सिंहदरवार जागिर खाँदै गरेका बच्चासहितका आमादेखि दीर्घरोगी,अपाङ्ग कर्मचारीहरुलाई धमाधम दूर्गमतिर धपाइँदा उपसचिव ख्वाखली श्रेष्ठको झण्डै दुई दशकदेखि एउटै कार्यालयबाट दायाँबाया हुन नपर्नु,तिनैलाइ सरुवा सफ्टवेयर प्रणालीले समेत नचिन्नुले अहिलेको सरकारको सरुवा नीति छर्लङ्ग पारेको कर्मचारीहरु टिप्पणी गर्दछन् ।





























