राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण विभागले शाखा अधिकृत तहका ३४ कर्मचारीहरुको सरुवा गरेको छ । विभागले मंगलबारको निर्णय अनुसार,३४ संरक्षण अधिकृतहरुको सरुवा गरेको हो । जसमा विभिन्न निकुञ्ज,संरक्षण क्षेत्र,शिकार आरक्ष,विभागदेखि प्राणी उद्यान तथा अनुगमन कार्यालयमा कार्यरत अधिकृतस्तरका संरक्षण अधिकृतहरुको जिम्मेवारी हेरफेर गरेको हो ।
बिज्ञापन
अधिकृतहरुको सरुवा सूची अनुसार,अविनाश थापा मगरलाई चितवन राष्ट्रिय निकुञ्जबाट अन्नपूर्ण संरक्षण क्षेत्र,अन्नपूर्ण संरक्षण क्षेत्रमा कार्यरत असिम थापालाई ढोरपाटन,विभागमा कार्यरत आशिष न्यौपानेलाई मकालु बरुण,बाँकेबाट उत्तम कुमार चौधरीलाई कृष्णसार,विभागबाट ऋृषिराम ढकाललाई लाङटाङ राष्ट्रिय निकुञ्जमा खटाइएको छ । शिवपुरीबाट कान्ति कँडेललाई चितवन,बाँकेबाट कुन्नानारायण चौधरीलाई ढोरपाटनमा खटाइएको छ भने सगरमाथा राष्ट्रिय निकुञ्जबाट केदारनाथ कट्टेललाई कोशीटप्पुमा पठाइएको छ ।
बिज्ञापन
लाङटाङबाट गणेश तिवारीलाई चितवन पठाइँदा दिपेन्द्र पोखरेल अन्नपूर्ण संरक्षण क्षेत्रमा पुगेका छन् । विभागले शाखा अधिकृत तहको कर्मचारीहरुको सरुवा गर्नु अगाडि हालैमात्र सरुवा मापदण्ड २०८३ जारी गरेको थियो । सो मापदण्डमा क श्रेणीका कार्यालयका रुपमा चितवन र बर्दियालाई राखेको थियो भने ख श्रेणीका कार्यालयका रुपमा पर्सा,बाँके,शुक्लाफाँटा,कोशीटप्पु बन्यजन्तु आरक्षलाई राखेको थियो । यस्तै ग श्रेणीका कार्यालयका रुपमा लाङटाङ राष्ट्रिय निकुञ्ज,मकालु बरुण,सगरमाथा,ढोरपाटन,राष्ट्रिय निकुञ्ज तथा संरक्षण विभागलाई राखेको थियो । यस्तै विभिन्न १३ वटा कार्यालयलाई घ श्रेणीमा राखेको थियो । गत भदौं २९ देखि लागू हुने गरि जारी गरेको सोही मापदण्डका आधारमा अधिकृतहरुको सरुवा गरेको विभागले जनाएको छ ।





























