सरकारले विभिन्न १८ वटा राष्ट्रिय निकुञ्ज,आरक्ष तथा वन्यजन्तु संरक्षण केन्द्रका प्रमुख तथा राष्ट्रिय निकुञ्जमा संरक्षण अधिकृत (चिफ वार्डेन) हेरफेर गरेको छ ।
बिज्ञापन
कर्मचारी प्रेसलाई प्राप्त सरुवाको सूची अनुसार,ढोरपाटन शिकार आरक्षका अणनाथ बराल शिवपुरी राष्ट्रिय निकुञ्ज पुगेका छन् । यस्तै, शिवपुरीबाट बिष्णुकुमार श्रेष्ठलाई लाङटाङ पठाइएको छ । यस्तै ढोरपाटन शिकार आरक्षमा बिश्वबाबु श्रेष्ठ, सगरमाथा राष्ट्रिय निकुञ्जमा अमिर महर्जन ,बाँकेमा बिरेन्द्र कँडेल, चितवन राष्ट्रिय निकुञ्जमा डिल बहादुर पुनलाई खटाइँदा शुक्लाफाटा राष्ट्रिय निकुञ्जमा नुरेन्द्र अर्याल,खप्तडमा ऋषि रानाभाट, पर्सामा अशोक कुमार राम मकालु बरुण राष्ट्रिय निकुञ्जमा राजु घिमिरे, शे फोक्सुन्डोमा रमेश यादव,कृष्णसार संरक्षण क्षेत्रमा उत्तम कुमार चौधरी, मनास्लु संरक्षण क्षेत्रमा सृजना श्रेष्ठ,अन्नपूर्ण संरक्षण क्षेत्रमा दिपेन्द्र पोखरेललाई खटाइएको छ भने छायानाथमा बिष्णु रोकाय र रारामा सन्तोष कुमार भगत पठाइएको छ । यद्यपि मन्त्रालय र विभागले यो सूची अझैं गोप्य राखेका छन् । स्मरण रहोस,केही अघिमात्र वार्डेनहरुको सरुवामा लाखौं रकम उठाइएको अडियो हालै सार्वजनिक भएको थियो । यो अडियोमा जोडिएकामध्ये एक जना व्यक्तिलाई मात्र प्रहरीले पक्राउ गरेको छ ।





























