गृह मन्त्रालयले सहसचिव र उपसचिवस्तरका आठ जना कर्मचारीहरुको सरुवा गरेको छ । मन्त्रालयको मंगलबारको निर्णय अनुसार सहसचिव तहका पाँच र उपसचिवस्तरका तीन गरी आठ कर्मचारीको सरुवा गरेको हो ।
सूची अनुसार,राजप्रसाद सेवाबाट आएकी विनु बज्राचार्य कुँवरलाई जिल्ला प्रशासन रामेछापबाट गृहमा ल्याइएको छ । यस्तै प्युठानका प्रमुख जिल्ला अधिकारी शान्तिराज प्रसाई जिल्ला प्रशासन कार्यालय सिराहामा सरुवा भएका छन् मोतिराम सापकोटालाई जिल्ला प्रशासन कार्यालय गुल्मीमा पदस्थापन गरिएको छ ।
सरकारी सेवाबाटै राजीनामा दिएका कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमको गृह मन्त्रालयमा सरुवा हुँदा लामो समयदेखि गृहको अतिरिक्तमा रहेका तुल्सीबहादुर श्रेष्ठलाई डोटीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।
बिज्ञापन
यस्तै उपसचिव तहका कल्पना घिमिरेलाई डोटीबाट गृहमा भक्तिराम मरासिनीलाई सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा अर्घाखाँची पदस्थापन गरिँदा त्यहाँका सहायक प्रजिअ नेत्र घिमिरे गृहमा आएका छन् ।
बिज्ञापन






























