सरकारले बहुप्रतीक्षित संघीय निजामती सेवा विधेयक संघीय संसद्मा पठाउने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धी विधेयक संघीय संसद्मा पेस गर्न स्वीकृति दिने निर्णय गरेको हो।
बिज्ञापन
सो विद्येयकमा घुसाइएको ३० र ५५ को प्रावधानका कारण निजामतीमा राजीनामाको लहर चलेको छ । यो बीचमा ५५० भन्दा बढी कर्मचारीहरुले राजीनामा दिएका छन् । यसरी राजीनामा दिनेमा तल्ला तहदेखि उच्च तहका कर्मचारीहरुले समेत रहेका छन् । पछिल्लो समय सहसचिव रूद्रप्रसाद पण्डित, रामहरि ज्ञवाली, ऋषिराज आचार्य, प्रदिपराज अधिकारी,शिवादेवी दाहाल,गोपीकृष्ण कोइराला,टेकनारायण पौडेल, हरिप्रसाद घिमिरे,खिमबहादुर रायामाझी,शिवराम गेलाल,लोकप्रसाद न्यौपाने,विनोद लामिछाने,चन्द्रबहादुर शिवाकोटी, केदार शर्माले जागिर अवधि बाँकी छँदै सेवाबाट बाहिरिएका थिए । यही महिना लागेपछि मात्र सहसचिवहरु उद्धवप्रसाद रिजाल, चन्द्रप्रसाद भूसाल, जनार्दन गौतम, योगेन्द्रप्रसाद पाण्डे, झनककुमार खत्री र शंकरहरि आचार्यले राजीनामा दिएका छन् ।
यसरी राजीनामा दिएका सहसचिवमध्य राष्ट्रिय राष्ट्रिय समावेशी आयोगको सचिव शंकरहरि आचार्य,अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा कार्यरत सहसचिव योगेन्द्रप्रसाद पाण्डे,कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, कोशी प्रदेशको योजना आयोगका सचिव उद्धवप्रसाद रिजाल, दलित आयोगका सचिव झनक खत्री र घोराही उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा चन्द्रप्रसाद भुसाल कार्यरत थिए ।





























