सरकारले दुई सहसचिवलाई सचिव पदमा बढुवा तथा पदस्थापन गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले इन्जिनियरिङ सेवा (प्राविधिक) सचिवमा जगदिश्वर कर्माचार्यलाई बढुवा गर्ने निर्णय गरेको हो । बढुवाको पहिलो नम्बरमा नाम सिफारिस भएका कर्माचार्यलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पदस्थापन गर्ने निर्णय गरेको छ । यस अघिको सचिव सरिता दवाडी सरुवा भएसँगै बरिष्ठ सहसचिव कर्माचार्य उर्जा मन्त्रालयका निमित्त सचिवको भूमिकामा थिए ।
बिज्ञापन
यस्तै मन्त्रिपरिषद्को बैठकले बरिष्ठ सहसचिव आभा कर्णलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । बरिष्ठताको पहिलो नम्बरमा परेका कर्णलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । बढुवा समितिले योग्यताक्रममा आभा श्रेष्ठ कर्णलाई पहिलो, चक्रबहादुर बुढालाई दोस्रो र जयनारायण आचार्यलाई तेस्रो नम्बरमा राखेर सिफारिस गरेको थियो। मन्त्रिपरिषद्ले पहिलो नम्बरमा सिफारिस भएकी कर्णलाई सचिवमा बढुवा गरेको हो । कर्ण हाल मधेश प्रदेशमा कार्यरत छिन् । श्रेष्ठलाई गण्डकी प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरिएको छ ।





























