सरकारले लामो समयदेखि चर्चामा रहेको सङ्घीय निजामती सेवा विधेयक संसद्मा पेस गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सङ्घीय निजामती सेवाको गठन, सञ्चालन तथा सेवाका सर्तसम्बन्धी व्यवस्था गर्न तयार पारिएको विधेयक संसद्मा दर्ता गर्ने निर्णय गरेको हो।लोकसेवाबाट परामर्श सहित आएको विधेयक भूमिव्यवस्था, सहकारी , संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत सोमबार मन्त्रिपरिषद् पठाएको थियो । सो विधेयकलाई सरकारले संघीय संसदमा दर्ता गर्ने निर्णय गरेको हो । यो सँगै संघीय निजामती सेवा विद्येयक अध्यादेशबाट ल्याइने हल्ला निरर्थक बन्न पुगेको छ भने विद्येयक संसदीय प्रक्रियाबाटै आउने भएको छ ।
बिज्ञापन
सरकारका प्रवक्तासमेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलका अनुसार आज बसेको मन्त्रिपरिषद्को बैठकले संघीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने निर्णय गरेको हो ।
बिज्ञापन
सङ्घीय निजामती सेवा सञ्चालनका लागि आवश्यक कानुनी आधार तय गर्ने उद्देश्यले ल्याउन लागिएको उक्त विधेयकमा सङ्घीय निजामती सेवाको गठन, कर्मचारीको सेवा, शर्त तथा प्रशासन सञ्चालनसँग सम्बन्धित विभिन्न व्यवस्था समेटिने छन्।जहाँ कर्मचारीलाई ३० बर्ष सेवा अवधि ५५ बर्षको उमेर हद,सचिवको सेवा अवधि तीन बर्षमा झार्ने,मुख्य सचिवको सेवा अवधि दुई बर्षको राख्ने लगायतका प्रावधानहरु समेटिएका छन् । विधेयक संसद्मा दर्ता भएपछि त्यसमा सांसदहरूबीच छलफल हुने र आवश्यक संशोधनसहित संसदीय प्रक्रियाबाट अघि बढ्नेछ।





























