आज ३ बजे मन्त्रिपरिषद् बैठक, संघीय निजामती सेवा विधेयकदेखि दुई सचिव बढुवा

सरकारले आज दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बोलाएको छ। बैठकमा लामो समयदेखि प्रतीक्षामा रहेको संघीय निजामती सेवा विधेयक लगायतका विषयमा महत्वपूर्ण निर्णय हुने अपेक्षा गरिएको छ। बैठकले प्रशासन तथा प्राविधिकतर्फ रिक्त सचिव पदमा बढुवा, बाढीपहिरो प्रभावितलाई राहत तथा पुनःस्थापनालगायतका विषयमा समेत निर्णय गर्ने तयारी गरेको छ।

बिज्ञापन

विशेषगरी आजको बैठकबाट दुई जना सहसचिव सचिवमा बढुवा हुने तयारी छ। प्राविधिकतर्फ लामो समयदेखि अवरुद्ध हुँदै आएको सचिव बढुवा प्रक्रिया अघि बढेसँगै मन्त्रिपरिषद्ले एक जना प्राविधिक सहसचिवलाई सचिवमा बढुवा गर्नेछ।

बिज्ञापन

हिजो बसेको सचिव बढुवा सिफारिस समितिले प्राविधिकतर्फ रिक्त एक सचिव पदका लागि तीन जना वरिष्ठ सहसचिवको नाम सरकारसमक्ष सिफारिस गरेको छ। सिफारिसमा डा. जगदीश्वर कर्माचार्य, नवीनराज सिंह र मीना श्रेष्ठ रहेका छन्। डा. कर्माचार्य ऊर्जा मन्त्रालयमा निमित्त सचिवका रूपमा कार्यरत छन् भने सिंह लगानी बोर्डमा र श्रेष्ठ खानेपानी मन्त्रालयमा कार्यरत छन्। तीन जनाको नाम सिफारिस भएसँगै अब उनीहरूमध्ये एक जनालाई सचिवमा बढुवा गर्ने निर्णय मन्त्रिपरिषद्ले गर्नेछ।

सिफारिस सूचीको पहिलो नम्बरमा रहेका डा. जगदीश्वर कर्माचार्यलाई सचिवमा बढुवा गर्ने सम्भावना रहेको बताइएको छ। उनलाई ऊर्जा मन्त्रालयमै सचिवका रूपमा पदस्थापन गर्नेबारे समेत चर्चा भइरहेको छ। त्यस्तै, प्रशासनतर्फ रिक्त सचिव पदका लागि पनि तीन जना सहसचिवको नाम सिफारिस भइसकेको छ। सिफारिस सूचीमा आभा श्रेष्ठ पहिलो, चक्रबहादुर बुढा दोस्रो र जयनारायण आचार्य तेस्रो नम्बरमा रहेका छन्। मन्त्रिपरिषद्ले उनीहरूमध्ये पहिलो नम्बरमा रहेकी आभा श्रेष्ठलाई सचिवमा बढुवा गर्ने तयारी गरेको बताइएको छ।

बिज्ञापन

यससँगै आजको मन्त्रिपरिषद् बैठकबाट प्रशासनतर्फ एक र प्राविधिकतर्फ एक गरी दुई जना सचिव थपिनेछन्।

मन्त्रिपरिषद् बैठकको अर्को महत्वपूर्ण विषय संघीय निजामती सेवा विधेयक रहेको छ। लामो समयदेखि छलफल, संशोधन र परामर्शको चरणमा रहेको विधेयकलाई अघि बढाउने विषयमा आज महत्वपूर्ण निर्णय हुन सक्ने अपेक्षा गरिएको छ। विधेयकका विषयमा सरकार, लोक सेवा आयोग तथा सम्बन्धित निकायबीच यसअघि भएका छलफल र परामर्शपछि मन्त्रिपरिषद्ले आवश्यक निर्णय गर्ने तयारी गरेको हो।

यसैगरी पछिल्लो समय आएको बाढीपहिरो तथा प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकका लागि राहत, पुनःस्थापना र क्षतिपूर्ति सम्बन्धी विषयमा समेत मन्त्रिपरिषद्ले निर्णय गर्ने तयारी गरेको छ। प्रभावित क्षेत्रका नागरिकलाई तत्काल राहत उपलब्ध गराउने, क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तथा विस्थापित परिवारको पुनःस्थापनासम्बन्धी प्रस्तावमाथि बैठकमा छलफल हुने बताइएको छ।

यसका अतिरिक्त मन्त्रालयहरूबाट पेस भएका नियमित प्रशासनिक, आर्थिक तथा अन्य प्रस्तावमाथि पनि मन्त्रिपरिषद् बैठकमा छलफल हुने तयारी छ। आजको बैठकले सचिव बढुवा र संघीय निजामती सेवा विधेयकसँगै विपद् प्रभावित नागरिकका लागि राहत तथा पुनःस्थापनाका विषयमा गर्ने निर्णयलाई विशेष चासोका साथ हेरिएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!

ताजा समाचार

थप ८१ लेखा अधिकृतको सरुवा : १२ फाजिल व्यवस्थापन,४ कामकाज

फाजिलमा परेका नासुहरुको व्यवस्थापन गर्ने सामान्य प्रशासनको परिपत्र

८१ जना लेखा अधिकृतहरुको सरुवा (सूचीसहित)

प्रशासन र प्राविधिक सेवाका गरी २५५ कर्मचारीको सरुवा

सीइओ नियुक्तिका लागि अध्यादेशमार्फत ऐन संशोधन : सर्ट लिष्टमा परे पूर्वमन्त्रीदेखि निमित्त हाकिम

‘हाम्रै हातमा प्रहरी र सीडीओ छन भन्ने दम्भ त्याग्नुपर्दछ’

तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच विरुद्ध भ्रष्टाचार मुद्धा दायर

नापीको नयाँ सरुवा मापदण्ड जारी : अब चक्रीय प्रणाली,कार्यबोझ र योग्यताको आधारमा व्यवस्थापन

बिशेष