लोकसेवाको परामर्शसहित मन्त्रिपरिषद्मा पुग्यो संघीय निजामती सेवा विद्येयक

बहुप्रतिक्षित संघीय निजामती सेवा विधेयक मन्त्रिपरिषद्मा पुगेको छ । लोकसेवा आयोगबाट राय तथा परामर्शसहित गत विहिबार भुमिव्यवस्था,सहकारी,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पुगेको विद्येयक सोमबार त्यहाँबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हुँदै मन्त्रिपरिषद्को टेबलमा पुगेको छ।
लोकसेवा आयोगले करिब दुई सातासम्म विधेयकमाथि अध्ययन, विश्लेषण तथा परामर्श गरेपछि गत बिहीबार सरकारलाई विधेयक फिर्ता गरेको थियो। आयोगले सरकारलाई फिर्ता गरेको सो विद्येयक भूमिव्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार लोकसेवा आयोगको परामर्शसहित विधेयक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएको सामान्य प्रशासनले जनाएको छ । लोक सेवा आयोगले परामर्शसहित विधेयक
मन्त्रालयमा फिर्ता पठाएसँगै मन्त्रालयले अध्ययन गरेर विधेयकको मसौदा सोमबार मन्त्रिपरिषद्मा पेश गरेको जनाएको छ । विधेयक मन्त्रिपरिषद्मा पुगेसँगै अब सरकारले संसद्मा दर्ता गर्ने निर्णय गर्ने बाटो खुलेको छ। सम्भवतः अब बस्ने मन्त्रिपरिषद् बैठकले विधेयकलाई प्रतिनिधि सभामा दर्ता गर्ने निर्णय गर्नेछ।
१४८ वटा दफा रहेको सो विद्येयकको मस्यौदामा ३० वर्ष सेवा अवधि पूरा गरेका वा ५५ वर्ष उमेर पुगेका कर्मचारीलाई एक पटक अनिवार्य अवकाश दिने प्रस्ताव गरिएको छ । यस्तै ३० वर्षभन्दा बढी सेवा गरेका कर्मचारीको पेन्सन गणना नगर्ने व्यवस्थाका कारण पछिल्लो समय निजामतीमा राजीनामाको लहर छाएको छ । यस्तै विद्येयकको मस्यौदामा छड्के सचिव र सहसचिवको प्रस्ताव गरिएको छ ।

बिज्ञापन


संघीय निजामती सेवा विद्येयक अध्यादेशबाट आउँछ कि संसदबाटै ? प्रधानमन्त्री कार्यालयका उच्च अधिकारीहरुसँग यस बिषयमा जिज्ञासा राख्दा संघीय निजामती सेवा विद्येयक संसदीय प्रक्रियाबाटै आउने जनाएको छ । ‘यदी अध्यादेशबाट ल्याइन्थ्यो भने किन लोकसेवा पठाइन्थ्यो ?’ त्यही कारण चालु अधिवेशनमा दर्ता गरेर हिउँदे अधिवेशनमा ऐन आउनसक्छ,प्रधानमन्त्री कार्यालयका ती अधिकारीले भने ।

बिज्ञापन


यदी संसदीय प्रक्रियाबाटै अगाडि बढेको खण्डमा अब सामान्यबाट मन्त्रिपरिषद्मा पुगेको सो विद्येयकमा मन्त्रिपरिषदले आवश्यक निर्णय गर्नेछ । मन्त्रिपरिषद्ले स्वीकृति दिएपछि सामान्य प्रशासन मन्त्रालयले विधेयक संसद्मा दर्ता गरी संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा थप छलफल, संशोधन र दफावार प्रक्रियाबाट विधेयक अघि बढ्नेछ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!

ताजा समाचार

थप ८१ लेखा अधिकृतको सरुवा : १२ फाजिल व्यवस्थापन,४ कामकाज

फाजिलमा परेका नासुहरुको व्यवस्थापन गर्ने सामान्य प्रशासनको परिपत्र

८१ जना लेखा अधिकृतहरुको सरुवा (सूचीसहित)

प्रशासन र प्राविधिक सेवाका गरी २५५ कर्मचारीको सरुवा

सीइओ नियुक्तिका लागि अध्यादेशमार्फत ऐन संशोधन : सर्ट लिष्टमा परे पूर्वमन्त्रीदेखि निमित्त हाकिम

‘हाम्रै हातमा प्रहरी र सीडीओ छन भन्ने दम्भ त्याग्नुपर्दछ’

तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच विरुद्ध भ्रष्टाचार मुद्धा दायर

नापीको नयाँ सरुवा मापदण्ड जारी : अब चक्रीय प्रणाली,कार्यबोझ र योग्यताको आधारमा व्यवस्थापन

बिशेष