झापामा दशैं–तिहार लक्षित सुपथ मूल्य पसल सञ्चालन, खाद्यान्नमा विशेष छुट

बिज्ञापन


झापा । आसन्न दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै झापामा निम्न तथा मध्यम वर्गीय परिवारलाई राहत पुग्ने गरी सुपथ मूल्य पसल सञ्चालन गरिएको छ। चाडपर्वका बेला दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि र आर्थिक भार कम गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय झापाको संयोजनमा सुपथ मूल्य पसल सञ्चालनको व्यवस्था मिलाइएको हो।
जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तथा साल्ट ट्रेडिङ कर्पोरेसनका खाद्य सामग्रीमा विशेष छुटसहित बिक्री–वितरणको व्यवस्था गरिएको छ। चामल, नुन, चिनी लगायतका आधारभूत खाद्य सामग्री सुपथ मूल्यमा उपलब्ध गराइनेछ।

बिज्ञापन


तत्कालका लागि सम्बन्धित संस्थानका परिसरबाटै उपभोक्तालाई खुला रूपमा खाद्य सामग्री बिक्री–वितरण गर्ने व्यवस्था मिलाइएको प्रशासनले जनाएको छ। सुपथ मूल्य पसलमार्फत स्टिम जिरा चामलमा प्रतिकेजी ५ रुपैयाँ तथा सोना मनसुली चामलमा प्रतिकेजी ५ रुपैयाँ छुट उपलब्ध गराइएको छ।


त्यसैगरी नुनको प्रत्येक प्याकेटमा २ रुपैयाँ छुट दिइएको छ भने चिनी प्रतिकेजी ११० रुपैयाँमा बिक्री–वितरण गरिनेछ। चाडपर्वको समयमा उपभोक्तामाथि पर्ने अतिरिक्त आर्थिक भार कम गर्न सरकारले सञ्चालन गरेको सुपथ मूल्य पसलबाट सर्वसाधारणले प्रत्यक्ष लाभ लिन सक्ने प्रशासनको अपेक्षा छ।

बिज्ञापन


बजारमा चामल, चिनी, नुनलगायतका आधारभूत उपभोग्य वस्तुको अभाव हुन नदिन प्रशासनले आपूर्ति व्यवस्थालाई समेत व्यवस्थित बनाएको जनाएको छ। त्यसका लागि झापामा २५ वटाभन्दा बढी थोक विक्रेतामार्फत खाद्यान्नको नियमित आपूर्ति हुने व्यवस्था मिलाइएको छ।
चाडपर्वको समयमा माग बढ्ने भन्दै प्रशासनले बजारमा कृत्रिम अभाव सिर्जना गर्ने, अस्वाभाविक रूपमा मूल्य वृद्धि गर्ने वा उपभोक्तालाई ठगी गर्ने गतिविधिमाथि निगरानी बढाउने जनाएको छ। त्यस्ता गतिविधि गर्ने जो–कोहीमाथि प्रचलित कानुनअनुसार कडाइका साथ कारबाही अघि बढाइने प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभएको छ।


प्रशासनले सुपथ मूल्य पसल सञ्चालनसँगै निजी क्षेत्रलाई पनि उपभोक्तामैत्री व्यवहार गर्न आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालय झापाले जिल्लाका उद्योगी तथा व्यवसायीहरूलाई संस्थागत सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै स्वस्फूर्त रूपमा उपभोक्ताका लागि विशेष छुट तथा राहतका प्याकेज सार्वजनिक गर्न आह्वान गरेको छ।


चाडपर्वका बेला बजारमा उपभोग्य वस्तुको माग बढ्ने भएकाले सरकारी सुपथ मूल्य पसल, निजी क्षेत्रका छुट तथा नियमित बजार अनुगमनलाई प्रभावकारी बनाउन सके उपभोक्ताले राहत पाउने प्रशासनको विश्वास छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!

ताजा समाचार

थप ८१ लेखा अधिकृतको सरुवा : १२ फाजिल व्यवस्थापन,४ कामकाज

फाजिलमा परेका नासुहरुको व्यवस्थापन गर्ने सामान्य प्रशासनको परिपत्र

८१ जना लेखा अधिकृतहरुको सरुवा (सूचीसहित)

प्रशासन र प्राविधिक सेवाका गरी २५५ कर्मचारीको सरुवा

सीइओ नियुक्तिका लागि अध्यादेशमार्फत ऐन संशोधन : सर्ट लिष्टमा परे पूर्वमन्त्रीदेखि निमित्त हाकिम

‘हाम्रै हातमा प्रहरी र सीडीओ छन भन्ने दम्भ त्याग्नुपर्दछ’

तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच विरुद्ध भ्रष्टाचार मुद्धा दायर

नापीको नयाँ सरुवा मापदण्ड जारी : अब चक्रीय प्रणाली,कार्यबोझ र योग्यताको आधारमा व्यवस्थापन

बिशेष