बिज्ञापन
सरकारले संघीय निजामती सेवा विद्येयक संसदमा लैजाने तयारी गरिरहेको छ । लोकसेवा आयोगले परामर्शसहित विधेयक भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा फिर्ता पठाएको छ । सम्भवतः भोलि वा पर्सी विधेयक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउने तयारी भइरहेको छ। सो विद्येयक अब मन्त्रिपरिष हुँदै संसद्मा दर्ता भएर संसदीय प्रक्रियाबाटै आृँछ वा अध्यादेशबाट त्यो भने प्रतिक्षाको बिषय बन्न पुगेको छ । बजेट अधिवेशन अन्त्य गर्ने तयारी चल्दैछ । विद्येयकमा रहेका कतिपय प्रावधानहरु रहेका कारण संसदीय समितिमा पठाइँदा त्यस्ता प्रावधानहरु उपर प्रश्न उठ्ने भएक कारण संसदको अधिवेशन सकिएपछि अध्यादेशका रूपमा यो कानुन ल्याउन खोजेको कतिपय प्रशासकहरु बताउँदै आएका छन् ।
बिज्ञापन
विशेषगरी सरकारले प्रस्ताव गरेको एकपटकका लागि ३० वर्ष सेवा पूरा भएमा वा ५५ वर्ष उमेर पुगेमा अनिवार्य अवकाश दिने व्यवस्थाका कारण पछिल्लो समय निजामती सेवामा राजीनामाको लहरै चलेको छ । यो प्रावधानका कारण बहालवालामध्ये करिब ९० प्रतिशत सचिव २४१ जना पनि अवकाशमा पर्ने सम्भावना छ। यो विधेयक लागू भएसँगै करिब १० हजार जति कर्मचारी सरकारी सेवाबाट बाहिरिने आकलन रहेको सरकारी अधिकारीहरू नै बताउँछन्। पूर्व सह सचिव राजन पाण्डे यो गलत भएको टिप्पणी गर्दछन् । अवकाश उमेर बढाएर ६० बनाउनुपर्नेमा झनै उमेर घटाउने प्रस्ताव उचित नभएको टिप्पणी गर्दछन्,पाण्डे । विशेषज्ञता र अनुभव भएका कर्मचारी ठूलो संख्यामा बाहिर पठाउनु भनेको खोलाको उल्टो धारतिर ढुङ्गा खियाउँदै गएको रुपमा टिप्पणी गरेका छन् । उनी भन्छन्, नेपालीको सरदर आयु बढ्दै जाँदा जागिर खाने उमेर ६० बाट ५८ बनाउनु नै पश्चगमनको यात्रा थियो । ३० र ५५ को प्रावधान पनि खोलाको उल्टो धारतिर ढुङ्गा खियाउँदै गएको हो । उमेर बढाइनुपर्दथ्यो तर पुराना कर्मचारी, पुराना सत्ताका प्रतिनिधि हुन् भन्ने होला । कर्मचारी कसैको हुँदैन भन्ने कुरा अहिलेसम्मका कुनै पनि सरकारले बुझेनन् ।
अर्काै प्रसंगमा आफूले ब्यहोरेको प्रशासकमध्ये सचिव नारायण सिलवाल, मुख्य सचिव मधुसुदन गोर्खाली आइडल रहेको टिप्पणी गर्दछन्,पाण्डे । भन्छन्,कतिपय मूल्यांकन गर्नलायक पनि भएनन् । बाबुराम भट्टराईले मुख्यसचिव बनाएका थिए, गुल्मीतिरका एक जनाको काम पनि उही मन्त्रीले तार काट्ने, साइकल चढ्नेझैं बागमतीमा गएर हामफाल्ने मै सीमित रह्यो । नौटंकी गरेर समय बिताए । मुख्य सचिव भएर कर्मचारीतन्त्रमा के सुधार गरें भनी खोज्यो भने उनैले एउटै भेट्दैनन् होला । मुख्य सचिव बोलेर काम गर्ने पद होइन । व्युरोक्रेसी भनेको बाहिर लेदरको पञ्जा लगाएको, स्टिलको मुक्का हुनुपर्छ ।





























