पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई जेनजीबाट खतरा रहेको भन्दै मध्यराती सुरक्षा नियन्त्रणमा लिनु परेको प्रहरीले जनाएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका डीएसपी नेतृत्वको टोलीले उनलाई महाराजगन्ज स्थित निवासबाट साढे १२ बजे पक्राउ गरिएको प्रहरीले जनाएको छ । उहाँमाथि शनिवार राति नै भौतिक आक्रमण हुँदैछ भन्ने सूचना आएपछि तत्कालको सुरक्षाका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बिज्ञापन
स्रोतका अनुसार, काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखा,टेकूका एसएसपी सन्तोष खड्का नेतृत्वको टोलीले राणाको महाराजगञ्जस्थित निवासमा राति १२ बजे पुगेर ‘तपाइँँलाई घरमा बस्दा जेन जीबाट थ्रेट छ, सुरक्षाको लागि लैजाँदै छौं’ भन्ने म्यासेज दिएर लगेको राणाको पारिवारिक स्रोतले जनाएको छ । राणालाई थुनामा पुर्याए पनि प्रहरीले औपचारिक रूपमा उनलाई किन पक्राउ गरिएको कारण खुलाएको छैन । राणाका पारिवारिक सदस्यहरुका अनुसार उनलाई पक्राउ पुर्जी विनै पक्राउ गरिएको थियो । उनलाई टेकुमा राखिएको छ । प्रहरीले कसैलाई भेट्न समेत नदिएको बताइएको छ ।
बिज्ञापन
जेनजी युवाहरूबाट राति नै आक्रमण हुनसक्ने सुरक्षा विश्लेषणपछि हामीले सुरक्षाको लागी प्रहरीकहाँ ल्याएको प्रहरीले जनाएको छ । राणा २०७५ पुस १८ देखी प्रधान न्यायाधीशको कार्यभार सम्हालेका जबरा २०७८ फागुन १ मा संसदमा महाअभियोग दर्ता भएपछि निलम्बनमा परेका थिए । उनीबिरुद्धको महाअभियोग पारित भएन । तर, महाअभियोग दर्ता भएपछि उनी सर्वोच्च अदालतमा फर्किन पाएनन् ।
पछिल्लो केही दिनदेखि सरकार हेरफेरको खेल अघि बढेको चर्चा व्यापक छ ।प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको महासभा भाग लिएर फर्किएको केही घण्टामै पूर्वप्रधान न्यायाधीश राणालाई पक्राउ गरिएको छ। पछिल्लो समय राणा देउवा,ओली,प्रचण्ड मिलाउने खेलमा लागेको आशंका गरिएको सन्दर्भमा गएराति पक्रेको हुनसक्ने कतिपयको भनाइ छ ।





























