कपिलवस्तुका सिडिओले दिए राजीनामा

कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले सेवाबाट अलग हुने निर्णय गरेका छन्। केही महिना मात्रै सेवा अवधि बाँकी रहेका गौतमले आगामी १४ असोजदेखि लागू हुने गरी गृह मन्त्रालयसमक्ष राजीनामा बुझाएका हुन्।

बिज्ञापन

सहसचिवसमेत रहेका गौतमको राजीनामा स्वीकृतिका लागि गृह मन्त्रालयले मन्त्रिपरिषद्मा पठाउने तयारी गरेको छ। लामो समय निजामती सेवामा बिताएका गौतमले सेवा अवधि सकिनुअघि नै राजीनामा दिएपछि प्रशासनिक वृत्तमा यसलाई चासोका साथ हेरिएको छ।

बिज्ञापन

पछिल्लो समय संघीय निजामती सेवासम्बन्धी नयाँ विधेयकको व्यवस्थालाई लिएर कर्मचारी तहमा अन्योल र चासो बढिरहेका बेला गौतमको राजीनामा आएको हो। नयाँ विधेयकमा कर्मचारीको सेवा अवधि, अवकाश तथा स्वेच्छिक अवकाशसँग सम्बन्धित प्रस्तावित व्यवस्थाका कारण यस वर्ष केही कर्मचारीले नियमित सेवा अवधि पूरा गर्नुअघि नै स्वेच्छिक अवकाश रोजेको बताइन्छ।

निजामती सेवामा लामो समय काम गरेका अनुभवी अधिकारीहरूले समेत सेवा अवधि बाँकी छँदै राजीनामा दिन थालेपछि नयाँ निजामती कानुनको प्रभाव कर्मचारी व्यवस्थापनमा समेत देखिन थालेको प्रशासनिक वृत्तमा चर्चा हुन थालेको छ।

बिज्ञापन

गौतमको राजीनामा भने मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि मात्र औपचारिक रूपमा कार्यान्वयनमा आउनेछ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

थप ८१ लेखा अधिकृतको सरुवा : १२ फाजिल व्यवस्थापन,४ कामकाज

फाजिलमा परेका नासुहरुको व्यवस्थापन गर्ने सामान्य प्रशासनको परिपत्र

८१ जना लेखा अधिकृतहरुको सरुवा (सूचीसहित)

प्रशासन र प्राविधिक सेवाका गरी २५५ कर्मचारीको सरुवा

सीइओ नियुक्तिका लागि अध्यादेशमार्फत ऐन संशोधन : सर्ट लिष्टमा परे पूर्वमन्त्रीदेखि निमित्त हाकिम

‘हाम्रै हातमा प्रहरी र सीडीओ छन भन्ने दम्भ त्याग्नुपर्दछ’

तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच विरुद्ध भ्रष्टाचार मुद्धा दायर

नापीको नयाँ सरुवा मापदण्ड जारी : अब चक्रीय प्रणाली,कार्यबोझ र योग्यताको आधारमा व्यवस्थापन

बिशेष