यस्ता छन सचिव बैठकका महत्वपूर्ण सात निर्णयहरु

सचिव बैठकले विभिन्न सात वटा निर्णयहरु गरेको छ । मुख्य सचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा बसेको सचिव बैठकले चाडपर्वको समयमा देशभर सडक यातायात अवरुद्ध हुन नदिन आवश्यक जनशक्ति, स्रोतसाधन तथा यन्त्र,उपकरणहरू चुस्त दुरुस्त राख्ने, अघिल्ला तीन सचिव बैठकका निर्णय कार्यान्वयन भए तथा नभएको अवस्थाको समीक्षा गर्दै कार्यान्वयनलाई प्रभावकारी बनाउन जोड दिने,बजारमा हुन सक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्ने तथा सरकारी निर्णयको कार्यान्वयनमा थप निगरानी बढाउने लगायतका निर्णयहरु गरेको छ ।

बिज्ञापन

सचिव बैठकले चालु आर्थिक वर्ष २०८३/ ८४ को श्रावण ७ गते, भाद्र १ गते र भाद्र ११ गते बसेका सचिव बैठकका निर्णयहरूको कार्यान्वयन अवस्थाको समीक्षा गर्ने ।

बिज्ञापन

दशैं–तिहारमा सेवा र सडक अवरोध हुन नदिने दशैं, तिहार, छठजस्ता चाडपर्व र सक्रिय मनसुनलाई ध्यानमा राखी सडक यातायात अवरुद्ध हुन नदिने तथा अत्यावश्यक सार्वजनिक सेवाहरू नियमित सञ्चालनका लागि सम्बन्धित निकायले जनशक्ति व्यवस्थापन, स्रोतसाधन, यन्त्र तथा उपकरण चुस्त–दुरुस्त राख्ने गरी कार्यतालिकासहित आवश्यक व्यवस्था मिलाउने, चाडपर्वको समयमा बजारमा हुन सक्ने कालोबजारी, मूल्यवृद्धि तथा अनुचित व्यापारिक गतिविधि नियन्त्रण गर्न संयुक्त बजार अनुगमनलाई प्रभावकारी बनाउने ।

नेपाल सरकार मन्त्रिपरिषद्का निर्णय कार्यान्वयनको अनुगमन गर्ने प्रणाली CDIMS (Cabinet Decision Implementation Monitoring System) मा प्रविष्ट गरिएका निर्णयको कार्यान्वयन प्रगति तथा त्यसबाट भएको उपलब्धि र प्रभावसहितको प्रगति प्रतिवेदन यथाशीघ्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउने । साथै मन्त्रिपरिषद्का निर्णय कार्यान्वयनको नियमित अनुगमन मन्त्रालयबाट गर्ने व्यवस्था मिलाउने ।

बिज्ञापन

संवैधानिक निकायका प्रतिवेदनमा उल्लिखित सुझाव तथा निर्देशनहरू र संसदीय समितिका निर्देशनहरू कार्यान्वयन गर्ने तथा गराउने, राष्ट्रिय योजना आयोगबाट भइरहेको रसुवा भोटेकोशी बाढीबाट भएको क्षतिपछिको आवश्यकताको मूल्यांकन (Post Disaster Need Assessment: PDNA) कार्य समयमै सम्पन्न गर्न आवश्यक पर्ने जनशक्ति सम्बन्धित निकायले यथाशीघ्र उपलब्ध गराउने,कानुन निर्माण कार्यलाई गुणस्तरीय र प्रभावकारी बनाउन कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले निर्माण गरेको कार्यतालिकाअनुसार विधेयकको मस्यौदा तयार गर्दा सम्बन्धित मन्त्रालय तथा निकायहरूले प्रभावकारी अन्तरनिकाय समन्वय स्थापित गरी अन्तरसम्बन्धित विषयमा सामञ्जस्य कायम गर्ने लगायतका निर्णयहरु आज बसेको सचिव बैठकले गरेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

स्थानीय तहमा समायोजन भएका खरिदारको सिडियो कार्यालयमा सरुवा

प्रमुख प्रशासकीय अधिकृत,इन्जिनियरसहित आठ विरुद्ध भ्रष्टाचार मुद्धा दायर

यस्ता छन सचिव बैठकका महत्वपूर्ण सात निर्णयहरु

प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण : विज्ञ अटेनन्,स्वकीय छुटेनन्

स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा डा. कृष्ण पौडेल

आवश्यकताभन्दा १० लाख बढी ग्यास आयात, बजारमा भने अभाव : ग्यासमा कसको खेल?

अर्थ मन्त्रालयमा ६ सहसचिवको जिम्मेवारी हेरफेर

अर्काे सहसचिवले पनि दिए राजीनामा

बिशेष