प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण : विज्ञ अटेनन्,स्वकीय छुटेनन्

प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन अमेरिका जाँदैछन् । प्रधानमन्त्री बालेन शाहको यो पहिलो औपचारिक भ्रमण समेत हो । उनको भ्रमण टोलीमा विज्ञहरु समावेश हुने धेरैले अपेक्षा गरेका थिए तर टोलीमा विज्ञ अटेनन्,स्वकीयहरु भने छुटेनन् ।

बिज्ञापन

प्रधानमन्त्री शाहसँग मुख्य सल्लाहकार कुमार व्यञ्जनकार, प्रमुख शिष्टाचार अधिकारी कुमार खरेल, निजी फोटोग्राफर विनय शाक्य, दुईजना सुरक्षाकर्मी र एकजना शिष्टाचार अधिकृत न्युयोर्क जाने टोलीमा छन् । मंगलबार साँझ ७ बजे कतार एयरवेजबाट दोहा हुँदै न्युयोर्क प्रस्थान गर्ने कार्यक्रम छ । यस अघि नै परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली भने अमेरिका पुगिसकेको छ । प्रधानमन्त्रीका स्वकिय सचिव प्रदीप परियार र सुवास शर्मा पनि न्युयोर्क पुगिसकेका छन् ।
प्रधानमन्त्री शाहले बिहीबार संयुक्त राष्ट्रसंघको ८१औं महासभाको ‘जनरल डिबेट’ लाई सम्बोधन गर्ने कार्यक्रम छ । विज्ञहरुका अनुसार ‘यस्ता कार्यक्रममा नेपालबाट जलवायूका क्षेत्रका विज्ञहरु लैजानुपर्ने थियो । कुनै पनि वेला हिमाल पग्लिएर अझैं ठूलो विपदमा पर्न सक्छौं । यस्तो अवस्थामा ठोस आधारसहित तिमीहरूले हामीमाथि अन्याय गरेका छौ । क्षतिपूर्तिको माग गर्छौँ भन्दै अवसरको प्रयोगका लागि राम्रो टास्कफोर्स बन्नुपर्दथ्यो । तर विज्ञहरूलाई छाडेर सल्लाहकारलाई मात्र लगिएको बिषयलाई कतिपयले ठीक भएन भनेका छन् ।’

बिज्ञापन

प्रधानमन्त्री शाह आज साँझ ७ बजे संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिकाको न्यूयोर्क प्रस्थान गर्दैछन्। प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा असोज ८ गते सम्बोधन गर्ने कार्यतालिका छ। उनी असोज १० गते स्वदेश फर्किने तालिका रहेको छ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

स्थानीय तहमा समायोजन भएका खरिदारको सिडियो कार्यालयमा सरुवा

प्रमुख प्रशासकीय अधिकृत,इन्जिनियरसहित आठ विरुद्ध भ्रष्टाचार मुद्धा दायर

यस्ता छन सचिव बैठकका महत्वपूर्ण सात निर्णयहरु

प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण : विज्ञ अटेनन्,स्वकीय छुटेनन्

स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा डा. कृष्ण पौडेल

आवश्यकताभन्दा १० लाख बढी ग्यास आयात, बजारमा भने अभाव : ग्यासमा कसको खेल?

अर्थ मन्त्रालयमा ६ सहसचिवको जिम्मेवारी हेरफेर

अर्काे सहसचिवले पनि दिए राजीनामा

बिशेष