पछिल्लो समय निजामती सेवामा राजीनामाको लहरै चलेको छ । तल्ला तहदेखि उच्च तहका कर्मचारीहरुले समेत बीचमै जागिर छाडेर हिडिरहँदा अर्थ मन्त्रालय मातहतका एक सहसचिवले समेत सेवाबाट राजीनामा दिएर हिडेका छन् । ठूला करदाता कार्यालयका प्रमुख कर प्रशासक केदार शर्माले जागिर अवधि बाँकी छँदै सेवाबाट बाहिरिएका हुन । अझैं पाँच महिना जागिर अवधि बाँकी रहेका शर्मा अवकाशको पाँच महिना अगासड राजीनामा दिएर हिडेका हुन । शर्माले राजीनामा दिएसँगै उक्त कार्यालय प्रमुखमा प्रेमप्रसाद आचार्यलाई दिइएको अर्थ मन्त्रालयले जनाएको छ ।
बिज्ञापन
यस अघि सहसचिव रूद्रप्रसाद पण्डित, रामहरि ज्ञवाली, ऋषिराज आचार्य, प्रदिपराज अधिकारी,शिवादेवी दाहाल,गोपीकृष्ण कोइराला,टेकनारायण पौडेल, हरिप्रसाद घिमिरे,खिमबहादुर रायामाझी,शिवराम गेलाल,लोकप्रसाद न्यौपाने,विनोद लामिछाने,चन्द्रबहादुर शिवाकोटी लगायतका सहसचिवहरुले जागिर अवधि छँदै बीचमै राजीनामा दिएर हिडेका छन् । उनीहरु केहीको जागिर बर्षौ बाँकी थियो । कम्तिमा एक दुई सातादेखि १५ बर्षसम्म जागिर अवधि बाँकी रहेका सहसचिवहरुले समेत बीचमै जागिर छाडेर हिड्न थालेका छन् । किताबखानाका अनुसार गत असार महिनामा मात्र २०८ कर्मचारीको राजीनामा स्वीकृत भएकोमा साउन १ गतेदेखि भदौ मसान्तसम्ममा २१० कर्मचारी थपिएका छन् । असोज लागे यतामात्र चार सहसचिवले राजीनामा दिइसकेका छन् ।

























