यी सचिव,जस्लाई प्रदेश झर्नु परेन

सहसचिवबाट सचिवमा बढुवा भएका कर्मचारीहरुलाई प्रदेशमा खटाउने विगतदेखिको अभ्यास हो । पछिल्लो समय सचिव बढुवा गरिँदा बरियताका आधारमा बढुवा गर्दै आएको सरकारले तीन कर्मचारीहरुलाई भने संघमै पदस्थापन गरेको छ । पछिल्लो मन्त्रिपरिषद्को बैठकले रुद्रसिंह तामाङलाई संघमै पदस्थान गरिएको हो । गत शुक्रबारमात्र सचिवमा बढुवा भएका तामाङले सुरू पोस्टिङ नै उद्योग मन्त्रालय पाएका छन् ।

बिज्ञापन

सचिव बढुवाका लागि रुद्रसिंह तामाङ, आभा श्रेष्ठ र चक्रबहादुर बुढालाई सचिवका लागि सिफारिस भएकोमा पहिलो नम्बरमा नाम सिफारिस भएका तमाङलाई सचिवमा बढुवा गरेको सरकारले संघमै पदस्थापन गरेको हो । उद्योग मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरूवा गरेर तामाङलाई उद्योगमा पठाइएको हो। यस अघि दवाडी अख्तियार हुँदै उद्योग पुगेका थिए,तर दुई महिनामै सरुवामा परेका हुन । यस अघि अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा कालीप्रसाद पराजुलीको पदस्थापन गरिएको थियो । यस्तै यसअघि इन्दु घिमिरेलाई पनि सचिवमा बढुवा हुनेबित्तिकै रक्षा मन्त्रालयमा पदस्थापन भएको थियो। इन्दुपछि प्रदेश नपठाई सीधै संघमा पदस्थापन हुने सचिव पराजुली भएका छन्।

बिज्ञापन

यो सरकार बनेलगतै महालेखा नियन्त्रक शोभाकान्त पौडेल,राजश्व सचिव भुपाल बरालदेखि राधिका अर्यालसम्मलाई प्रदेशमा कम समय काम गरेको भन्दै संघबाट प्रदेशमा पठाइएको थियो । यस्तै गत भदौंदेखि यता बढुवा भएका सहसचिवहरुमध्ये कमलप्रसाद भट्टराई बागमती, नारायणप्रसाद भट्टलाई कोशी प्रदेश,लुम्बिनीमा विनोदबहादुर कुँवर, सुदूरपश्चिम प्रदेशमा उत्तरकुमार खत्री पुगेका छन् भने कालीप्रसाद पराजुलीले संघकै कार्यालय अख्तियार,इन्दुले रक्षा र रुद्रसिंहले उद्योग मन्त्रालयमा पदस्थापन पाएका हुन ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

इन्जिनियर,लेखा अधिकृत र सब इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्धा दायर

यी सचिव,जस्लाई प्रदेश झर्नु परेन

उद्योगमा तामाङ, प्रधानमन्त्री कार्यालय पुगे दुवाडी

सचिवको घुस काण्ड छानबिन गर्न उपसचिवको संयोजकत्वमा समिति

संघीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

४६ खरिदार,२० कम्युटर अपरेटर र ४ नायब सुब्बाको सरुवा

प्रधानमन्त्री कार्यालयमा सरुवा भइन अतिरिक्त सचिव मिश्रा

पासपोर्ट फ्रि ट्राभलको कार्यान्वयनको तयारी

बिशेष