स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयकी अतिरिक्त सचिव डा संगीता कौशल मिश्राको प्रधानमन्त्री कार्यालयमा सरुवा भएको छ । मन्त्रिपरिषद्को बैठकले अतिरिक्त सचिव मिश्रालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेको हो ।
अन्तरिम सरकारको मन्त्रिमण्डलमा डा मिश्रालाई स्वास्थ्य मन्त्री बनाउन सिफारिस गरेको थियो तर तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानसँग सम्बन्धित विषय सार्वजनिक भएपछि उनको नाम अन्तिम समयमा मन्त्रीको सूचीबाट हटाइएको थियो। यही बीचमा अख्तियारले डा मिश्रा समेतलाई प्रतिवादी बनाउँदै विशेषमा मुद्धा लगेको थियो । मोग्राफी मेसिन खरिदमा भएको भ्रष्टाचार मुद्दामा विशेष अदालतले डा मिश्रासहित विवेक कुमार लाल, भुवन प्रसाद काफ्ले, दिपक अधिकारी, यादव प्रसाद देवकोटा, शम्भु प्रसाद ढकाल, सीता घिमिरे र तिलकराम ढकालले सफाइ पाए तर सोही प्रकरणमा विशेषले डा श्रवण, डा चौरसिया सहित चार जना भने दोषी ठहर गरेको थियो ।
मुद्धामा क्लिन चिट पाएसँगै मन्त्रालयमा फर्किएकी उनै मिश्रा झण्डै तीन महिना पछि सरुवा भएर प्रधानमन्त्री कार्यालयमा पुगेकी छिन् । स्वास्थ्य प्रशासनमा लामो अनुभव बटुलेकी मिश्रा स्वास्थ्य सेवा विभागको महानिर्देशक, कोशी अस्पताल तथा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको नेतृत्वमा रहिसकेकी । उनलाई विपद् पछिको अवस्थालाई ब्यवस्थापन गर्न तथा अन्य बिशेष जिम्मेवारीका लागि प्रधानमन्त्री कार्यालयमा ल्याईएको जनाइएको छ ।
प्रधानमन्त्री कार्यालयमा सरुवा भइन अतिरिक्त सचिव मिश्रा
0%
0%
0%
0%
0%
0%

























