राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । एक कार्यक्रमका सिलसिलामा मोरङ पुगेका दाहाललाई मोरङको बेलबारीबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
बिज्ञापन
मोरङ प्रहरी प्रमुख एसपी कवित कटुवालका अनुसार साइबर ब्युरोमा परेको उजुरीका आधारमा दाहाललाई नियन्त्रणमा लिइएको बताए । उनकाविरुद्ध ब्यूरोले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको बताइएको छ ।
बिज्ञापन
भूराजनीति र अन्तर्राष्ट्रिय कूटनीतिसम्बन्धी खरो टिप्पणी गर्दै आएका नेपालगञ्ज स्थायी ठेगना भएका दाहाल गत वर्ष भदौ २३ र २४ गतेको जेनजी घटनापछि प्रधानमन्त्री बालेन साह,गृहमन्त्री सुदन गुरुङ,रास्वपा सभापति रवि लामिछानेलगायतविरुद्ध आक्रामक टिप्पणी गर्दै आएका छन् ।
बिज्ञापन
उनलाई आजै काठमाडौं ल्याउने तयारी भइरहेको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%


























