भूमि व्यवस्था सहकारी,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ठूलो संख्यामा कर्मचारीको सरुवा गरेर पनि सूची गुपचुप राखेको छ । मन्त्रालयले सुब्बा,अधिकृत,उपसचिव तहका गरी सयौं कर्मचारीको सरुवा गरे पनि सूची भने गुपचुप राखेको मन्त्रालय स्रोतले जनाएको छ ।
मन्त्रालयले पछिल्लो समय मालपोत र नापीका कर्मचारीको ठूलो संख्यामा सरुवा गरिएको भए पनि सो सूची लुकाइएको हो । बागमती,गण्डकी,सुदूरपश्चिमदेखि उपत्यकाका मालपोत कार्यालयहरू कलंकी, लगनखेल, भक्तपुर, चाबहिल,डिल्लिाबजार, टोखा, मनमैजुका कर्मचारीहरु सरुवामा परेको लाई दोस्रो नम्बरमा राखेर कर्मचारीहरू सरुवा गरिएको बताइएको छ । यसरी सरुवामा राम्रो मोलतोल भएको पीडित कर्मचारीहरुले बताएका छन् ।,
बिज्ञापन
बालेन सरकारले मन्त्रालय संख्या कटौती नगर्ने बेलासम्म कर्मचारी सरुवा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गथ्र्यो । मालपोत, यातायात, भन्सारजस्ता अड्डामा कर्मचारीको रुचिलाई यो मन्त्रालयले बेलाबखत हेरफेर गर्दथ्यो । सम्बन्धित मन्त्रालयको सिफारिससमेत खोजेर सरुवा गर्ने थितिसमेत बस्दै थियो । तर त्यही बेला भूमि मन्त्रालाय समेत संघीयमा गाभियो । जसले गर्दा सेटिङमा लाग्ने गरेका कर्मचारीलाई झन सजिलो भएको छ ।
मर्ज भएर बनेको भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्र्रत्येक दिन जस्तो कर्मचारी सरुवाको काम गरिरहेकोमा पछिल्लो सरुवा भने गुपचुप राखिएको हो । सिंहदरवारमा लामो समय बसेका, काठमाडौं उपत्यकाभित्र बसेका कर्मचारीलाई स्थानीयतह, जिल्ला समन्वय र जिल्लास्थित कार्यालयहरूमा सरुवा गर्ने भनिएको भए पनि पछिल्लो सरुवामा पुरानै शैलीमा सेटिङ हुन थालेको भुक्तभोगी कर्मचारीहरु गुनासो गर्दछन् ।
बिज्ञापन
अनलाइन सरुवा भनिए पनि मनलाग्दी ढगबाट कर्मचारी सरुवा भइरहेको कर्मचारी वृत्तबाट टिप्पणी उठ्न थालेको छ । विशेष गरी कर्मचारी सरुवामा सामान्यका सहसचिव ढोलकराज ढकाल,मन्त्रीका स्वीकय भीम बूढा र मन्त्रीका सहयोगी सुशील पनेरु हाबी भएको सामान्य प्रशासन स्रोतले जनाएको छ । पछिल्लो केही समयमा आर्थिक लेनदेनका आधारमा भएको कर्मचारीहरुले टिप्पणी गरेका छन् ।
मन्त्री प्रतिभा रावलका निजी सचिव भीम बुढा कार्यरत रहेका छन् । सुशीला कार्की सरकारका भूमिब्यवस्था मन्त्री कुमार इङ्नामले ललितपुर मालपोत कार्यालयको प्रमुखमा सरुवा गरेका भीम बुढा रास्वपाले चुनावमा बहुमत ल्याउनासाथ मन्त्री रावलको निजी सचिवका रुपमा मन्त्रालय आएका छन् । मन्त्रालयले गरेको पछिल्लो सरुवा विवादमा परेसँगै पछिल्लो सरुवाको सूची भने गुपचुप राखिएको हो । सुशासन, पारदर्शिता र निष्पक्षतालाई सरकारको प्रमुख आधार बनाउँदै आएको समयमा मन्त्रालयले भने सरुवासम्बन्धी निर्णय गोप्य राखेको हो। विगतका सरकारहरूमा सरुवाका विषयमा आलोचना खेप्दै आएको मन्त्रालय हाल मन्त्री प्रतिभा रावलको नेतृत्वमा रहेको छ।
बिज्ञापन
बालेन सरकारको वेष्ट फर्मेमेन्स मन्त्रीका रुपमा परिचित उनै प्रतिभा समेत स्वकीयहरुका कारण विवादमा मुछिने सिलसिला शुरु भएको सामान्य र भूमिका कर्मचारीहरुबाट टिप्पणी सुन्न थालिएको छ ।


























