सामान्यको सरुवामा त्रुटी नै त्रुटी : एउटै पालिकामा खटाइए दुइ हाकिम

विगतका सरकारले सरुवामा विकृति ल्याएको भन्दै प्रश्न नउठेको होइन, मन्त्रीलाई नै पैसा बुझाएर मालदार अड्डामा सरुवा भएको कर्मचारीले नै भन्दै आएका थिए । मास्क लगाएर खटिने प्रमोद खड्काहरूको जगजगी सिंहदरवारमा व्यापक थियो । गत चैत १३ गते गठित बालेन्द्र शाह नेतृत्वको सरकारले यस्तै विकृति रोक्न भन्दै सुशासनलाई पहिलो प्राथमिकता भन्यो । तर त्यो सुशासनमा सिंहदरवारकै आँगनमा रमिता देखिन थालेको छ ।  भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी सरुवा यस्तै त्रुटी भेटिएको हो । पछिल्ला समय दैनिक जसो कर्मचारी सरुवा गरिरहेको मन्त्रालयले सार्वजनिक बिदाका दिन समेत कर्मचारी सरुवाको सूची निकालिरहेको छ ।

बिज्ञापन

अनलाइन प्रणालीबाटै कर्मचारी सरुवा गरिएको भनिए पनि मन्त्रालयले हचुवाका आधारमा कर्मचारी सरुवा गर्दा त्रुटि नै त्रुटि भेटिन थालेका छन् । सम्बन्धित मन्त्रालय र प्रणाली भन्दा पनि विभिन्न अमूक व्यक्तिले र्मचारीको सरुवा सूची बनाएर सरुवा गरिँदा त्यस्ता सरुवा विवादित र त्रुटिपूर्ण देखिएको हो । यस्तै त्रुटी देखिएको हो मन्त्रालयले आज गरेको शाखा अधिकृतको सरुवामा । मन्त्रालयले आज मात्रै विभिन्न मन्त्रालय,कार्यालय र स्थानीय तहमा कार्यरत ५२ जना अधिकृतको सरुवा गरेको थियो । ती सरुवामध्ये दुई अधिकृतलाई एउटै पालिकामा खटाइएको पाइएको हो ।

बिज्ञापन

सरुवाको सूची अनुसार,झापास्थित कमल गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत केशव कुमार ढकाललाई गृह मन्त्रालय अन्तर्गत सरुवा गरेको छ । सरुवा सूचीको चौथो नम्बरमा उनको नाम देखिन्छ । यस्तै सरुवा सूचीको ४५ र ५२ नम्बर हेर्दा दुई जना शाखा अधिकृतलाई एउटै पालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाएर खटाइएको पाइएको छ । सरुवाको सूचीको ४५ औं नम्बरमा फालेलुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रहेका सुमन यङयालाई कमल गाउँपालिकामा खटाइएको छ भने सूचीको अन्तिम नम्बरमा रहेको सुनिता रिमाललाई निर्वाचन आयोग काठमाडौंबाट सोही गाउँपालिकामा खटाइएको छ । यसरी दुई जना शाखा अधिकृतलाई एउटै पालिकामा खटाइएको भेटिएसँगै सामान्यबाट कर्मचारी सरुवामा हुने गरि त्रुटी बारे अनेकन टीका टिप्पणी हुन थालेको छ ।

सिंहदरवारमा लामो समय बसेका, काठमाडौं उपत्यकाभित्र बसेका कर्मचारीलाई स्थानीयतह, जिल्ला समन्वय र जिल्लास्थित कार्यालयहरूमा सरुवा गर्ने भनिएको छ । तर पुरानै शैलीमा सेटिङ हुन थालेको गुनासो कर्मचारी वृत्तबाछ सुनिन थालेको छ । ‘पैसा बुझाउन सक्नेहरू चार वर्षसम्म मन्त्रालयका कमाउ शाखामै बसेका छन् ।’ एक शाखा अधिृकत भन्छन्, ‘इमान्दारीपूर्वक जागिर खानेहरूले काठमाडौं र सिंहदरवार देख्नै पाएका छैनौं ।’

बिज्ञापन

घरमा विरामी र साना बालबच्चा भएकाले काठमाडौंमा राखिदिन आग्रहले गर्दा सुदूरपश्चिम सरुवा गरिएको उनले बताए । ‘लुम्बिनी, मधेशमा समेत कार्यकारी भएर काम गरियो, कम्तिमा काठमाडौंमा बस्न दिनुन भनेर आग्रह गरेँ ।’ उनले भने,‘ महिला मन्त्रालयमा पाँच वर्षभन्दा बढी बसेको साथी हुनुहुन्छ उहाँलाई झिकेर मलाई राख्दिनु भनी ठाउँ पनि देखाएँ तर मलाई नै डाँडा कटाइयो ।’

पछिल्लो सरुवामा मन्त्रीका निजी पिए पनेरु र सहसचिव धोलक ढकाल हावी भएको कर्मचारीहरूले गुनासो गरेका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सामान्यको सरुवामा त्रुटी नै त्रुटी : एउटै पालिकामा खटाइए दुइ हाकिम

दुई तह : एउटै आधारभूत तलब- दुई वर्षदेखि अन्याय, व्यवस्थापन मौन

५२ अधिकृतको सरुवा १८ लाई संघीय मन्त्रालय,३२ पुगे स्थानीय तह

१४ सहसचिवको सरुवा : २ गृह भित्रदा ४ लाई सामान्यको अतिरिक्त समूह

आइतबारको बिदा कटौती गर्न सांसदको माग

अवकाशको चार दिन अघि बढुवा भए बेल्बासे, बढुवा सिफारिस भएको भोलिपल्ट घर गए श्रीकृष्ण

सम्पत्तिका डीजीको कञ्चटमा पेस्तोल तेर्साएको बिषयमा काँग्रेसले माग्यो सरकारसँग जबाफ

सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाट तलबभत्ता असुल्ने

बिशेष