रसुवा जोड्न फलाँखुमा ७५ मिटरको बेलीब्रिज बनाइँदै, विदुर २३ र धुन्चे ३५ किलोमिटरमा झर्ने

भोटेकोशी बाढीका कारण रसुवा सडक सञ्जालबाट विच्छेद भएपछि आवतजावत तथा अत्यावश्यक सामग्री ढुवानीमा देखिएको समस्या समाधान गर्न नुवाकोट–रसुवा जोड्ने वैकल्पिक सडक निर्माणको प्रक्रिया अघि बढाइएको छ।

बिज्ञापन

रसुवालाई सडक सञ्जालसँग जोड्ने भरपर्दो र द्रुत वैकल्पिक मार्गका रूपमा नुवाकोटको सूर्यगढी गाउँपालिका–२ तल्लो कुवापानी बिमिरेखोलादेखि रसुवाको नौकुण्ड गाउँपालिका–५ वहाखोलासम्म फलाँखु खोलामा ७५ मिटर लामो बेलीब्रिज निर्माण गर्न लागिएको हो।

बिज्ञापन

सम्बन्धित पालिका अध्यक्षबाट आएको अनुरोधका आधारमा बेलीब्रिज निर्माणका लागि मन्त्रालयबाट आवश्यक निर्देशन तथा सहजीकरण गरिएको जनाइएको छ। बाढीका कारण मुख्य सडकमार्ग अवरुद्ध भएपछि रसुवाको आवतजावत सहज बनाउन वैकल्पिक मार्गको आवश्यकता बढ्दै गएको अवस्थामा बेलीब्रिज निर्माणलाई प्राथमिकताका साथ अघि बढाइएको हो।

बेलीब्रिज निर्माण सम्पन्न भएपछि नुवाकोट र रसुवा जोड्ने छोटो वैकल्पिक सडकमार्ग सञ्चालनमा आउने अपेक्षा गरिएको छ। फलाँखु खोलाबाट विदुर करिब २३ किलोमिटर र रसुवाको सदरमुकाम धुन्चे करिब ३५ किलोमिटरको दूरीमा पुग्न सकिने बताइएको छ।

बिज्ञापन

बेलीब्रिज सञ्चालनमा आएपछि बाढीका कारण प्रभावित रसुवाको सडक पहुँचमा तत्काल राहत पुग्नुका साथै खाद्यान्न, निर्माण सामग्री, औषधि तथा अन्य अत्यावश्यक वस्तुको ढुवानीसमेत सहज हुने अपेक्षा गरिएको छ। विशेषगरी मुख्य राजमार्गमा निर्भर रहँदा उत्पन्न हुने जोखिम र अवरोधका बीच यो मार्ग रसुवाका लागि वैकल्पिक यातायातको महत्वपूर्ण आधार बन्न सक्ने देखिएको छ।

भोटेकोशी बाढीले सडक, पुल तथा अन्य भौतिक संरचनामा क्षति पुर्‍याएपछि रसुवाको बाहिरी जिल्लासँगको सडक सम्पर्क प्रभावित भएको छ। यस्तो अवस्थामा छोटो दूरीको वैकल्पिक सडकमार्गसँगै फलाँखुमा बेलीब्रिज निर्माणले जिल्लाको यातायात पहुँच पुनःस्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

आइतबारको बिदा कटौती गर्न सांसदको माग

अवकाशको चार दिन अघि बढुवा भए बेल्बासे, बढुवा सिफारिस भएको भोलिपल्ट घर गए श्रीकृष्ण

सम्पत्तिका डीजीको कञ्चटमा पेस्तोल तेर्साएको बिषयमा काँग्रेसले माग्यो सरकारसँग जबाफ

सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाट तलबभत्ता असुल्ने

रसुवा जोड्न फलाँखुमा ७५ मिटरको बेलीब्रिज बनाइँदै, विदुर २३ र धुन्चे ३५ किलोमिटरमा झर्ने

पाँच महिनामै फेरिए तीन प्रमुख प्रशासकीय अधिकृत,मेयरले लेखिन प्रधानमन्त्रीलाई अपिलपत्र

सरकारी कार्यालयमा धाकधम्की दिने सुजन विश्वकर्मा पक्राउ

तीन सहसचिव बढुवा सिफारिस,न्याय परिषद्मा भट्टराई

बिशेष