डिभिजन वन कार्यालय, उदयपुरका योजना शाखा प्रमुख वन अधिकृत (सातौँ) भुवन पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । सामुदायिक वनको काठ लगत समर्थन तथा लिलाम सहमतिको सिफारिस गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस लिएको आरोपमा पक्राउ गरेका छन् ।
बिज्ञापन
घुस रिसवत लिई भ्रष्टाचार गरेको आरोपमा उनीविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरिएको हो । आयोगका अनुसार त्रियुगा नगरपालिका–१० स्थित डिभिजन वन कार्यालयमा कार्यरत पौडेलले सामुदायिक वन उपभोक्ता समितिको काठ लगत समर्थन तथा लिलाम सहमतिको सिफारिस पत्र उपलब्ध गराउन सेवाग्राहीसँग घुस मागेको उजुरी परेको थियो।
बिज्ञापन
उजुरीका आधारमा आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले सेवाग्राहीबाट १५ हजार रुपैयाँ लिइसकेको अवस्थामा पौडेललाई नियन्त्रणमा लिएको थियो।
अनुसन्धानका क्रममा पौडेलले सिफारिस गरिदिएबापत घुस माग्दै सेवाग्राहीलाई दुःख हैरानी दिएको, नियतवश काममा आलटाल गरेको र बदनियतपूर्वक रकम लिएको पुष्टि भएको आयोगको दाबी छ। सामुदायिक वन उपभोक्ता समितिको काठ लगत समर्थन तथा लिलाम सहमति सिफारिस पत्र दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेको सूचनापछि आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले पौडेललाई पक्राउ गरेको थियो ।
बिज्ञापन
अनुसन्धानका क्रममा सिफारिस गरिदिए बापत सेवाग्राहीसँग घुस मागेर उनले दुस्ख हैरानी दिएको समेत खुलेको आयोगले जनाएको छ। आयोगले उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगोबमोजिम जरिवाना सजायको मागदाबी गरेको छ ।



























